काठमाडौं । सरकारले दुई चरणमा निर्वाचन गर्ने जिल्लाको टुंगो लगाएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले दुई चरणमा निर्वाचन गराउन छुट्याएको प्रदेशका आधारमा पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन हुनेछ । पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो चरणमा २७ वैशाखमा बाँकी तीन प्रदेशमा निर्वाचन गराउने निर्णय गरिएको छ। प्रदेश १, बाग्मती र कर्णालीमा दोस्रो चरणमा निर्वाचन हुनेछ। कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो। सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।