काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले भोलि काठमाडौँमा बृहत् विरोध प्रदर्शन तथा आमसभा गर्ने भएको छ । त्यसको लागि उक्त समूहले तयारी गरिसकेको छ । भोलिको सभाको पूर्व सन्ध्यामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा मार्च पास गर्दै छ । भोलिको प्रदर्शन तथा जुलुसहरू निस्किने स्थानमा पार्टीका नेताहरू खटाएको छ।
भोलि पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल गरी ५ स्थानबाट जुलुस निस्कने छ ।
दाहाल–नेपाल समूहले सार्वजनिक गरेको सूचनाअनुसार पुलचोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायतले गर्नेछन्।
त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।