महोत्तरी । ओ.बि.सिOBC समाजमा रहेका पिछडिएका क्षेत्रलाई माथी उकास्ने उद्देश्यले स्थापना भएको संस्था हो। बिगत लामो समय देखी महोत्तरी जिल्लाबाट संघर्ष गर्दै आइरहेका पर्मेश्वर महतो ज्युलाइ obc को महोत्तरी जिल्ला अध्यक्ष जस्तो गरिमामय पदमा मनोनीत गरिएको छ।
सानै उमेरमा विभिन्न सेवामुलक संस्थामा आबद्ध भइ समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएका महतोको लगनशीलता, इमानदारिता तथा काम प्रतिको लगाबकै कारणले महोत्तरी जिल्ला अध्यक्ष पदमा मनोनीत गरिएको हो।
समाजमा बिधमान रहेका बिकृती, बिसङ्गती तथा कुप्रथा,कुरिती जस्ता दिनहु घट्ने घटना प्रती चासो देखाइरहने महतो यी समस्यालाई जडैबाट उखेल्न अहिले शिक्षा क्षेत्र सुधार गर्न लागि परेका छन।
आफ्नो जिबन समाज रास्ट्र र देश प्रती समर्पण गरेका महतो एक समाज सेवि भन्न रुचाउँछन। इन्जिनियर बन्ने सपना बोकेका महतो इन्जिनियर बनेर आफ्नो मात्रै भलो हुने र समाजमा रहेका समस्या यथाबत नै रहने देखेपछी इन्जिनियर बन्ने सपना छोडेका थिए।
युवाले चाहे मात्रै परिवर्तन सम्भब छ भन्ने मुल मर्म लाई पक्रेर आफै बाट सुरुवात गर्नु पर्छ भनेर समाज सेवामा लागेका छन ।