सुमन थापा मगर द्वारा आर्थिक संकलन अभियान सुरु बिहानी युवा समुहले गर्यो क्यान्सर पीडितलाई सहयोग

सर्लाही-  बागमती नगरपालिका वडा नं. ७ कठ्ठालटोल निवासी क्यान्सर पिडित खडक बहादुर आले मगरलाई सुनौलो बिहानी युवा समुहले ५२ हजार ७ सय ९० रुपैया    आर्थिक सहयोग गरेको छ ।

मगरको घाटीमा क्यान्सरको लक्षण देखा परि भक्तपुरको क्यान्सर हस्पिटलमा उपचार गर्दै आउनु भएको छ। आर्थिक अवस्था नाजुक भएको मगरलाई सुनौलो बिहानी युवा समुहले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको थियो।

अध्यक्ष राम दरलामी मगर, उपाध्यक्ष सुमन थापा मगर, रबिन क्याप्छाकि मगर ,कोषअध्यक्ष मोनिका मगर, सचीव दिपक मगर लगायत समुहका सक्रिय सदस्यहरु द्वारा  संकलित ५२ हजार ७ सय ९० रुपैया  रकम शुक्रवार पीडित परिवारले बुुुुझेको नेपालयन खबरलाई बताउनुु भएको छ।

प्रतिक्रिया दिनुहोस