काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेकपाले आह्वान गरेको आम हड्तालमा बिहानै ट्याक्सी जलाइए पछि अलपत्र परेका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठलाई एकजना विद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।
विद्यार्थी समुन्द्र तिमिल्सिनाले उहाँलाई नगद ८ हजार रूपैया आर्थिक सहयोग गर्दै श्रेष्ठको सहयोगका लागि बैंक खाता खोलिदिनुभएको हो ।
ट्याक्सी जलेपछि चारजनाको परिवार पाल्न गाह्रो परेका कुम्भनारायणलाई तिमिल्सिनाले सहयोगका लागि अभियान चलाउँदै लक्ष्मी बैंकमा खाता खोलिदिनुभएको हो । तिमल्सिनाले आफू पनि नेकपाकै शुभेच्छुक रहेको भन्दै घनश्याम भुसाल, जनार्दन शर्मा र योगेश भट्टराइजस्ता नेताहरूले यो घटनाबारे बोल्नुपर्ने बताउनुभयो ।
२०७७ माघ २२ गते बिहीबार एकातिर नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आम हड्ताल तथा नेपाल बन्दको कार्यक्रम अर्कोतिर बिहानै भाइको पुलचोकको परीक्षा । यसो बन्दको प्रभाव हेरौँ न त भनेर फेसबुक स्क्रल गरेँ । सुरुमै मेरो नजर जलिरहेको एउटा ट्याक्सीमा पर्न गयो ।
मनमा चिसो पस्यो, दुःखी तुल्यायो मलाई त्यस तस्बिरले । सायद नेपाल कम्युनिस्ट पार्टीसँग आवद्ध एउटा युवा भएका हिसाबले पनि होला मलाई आत्मग्लानी भयो । मनमा एउटा प्रश्न उब्जिरहेको थियो, के यही हो त सर्वहारा जनताको लागि आन्दोलन रु यही हो त हामीले चाहेको परिवर्तन रु
मलाई केही गर्न सक्छु कि भन्ने भाव पलायो । सुरुमा दिदी ललिता तिमिल्सिना हुमागाईसँग आफ्ना कुरा राखेँ । सहयोग गर्ने इच्छा भएको तर विद्यार्थी भएकाले पनि रकम अभाव भएको बताएँ । दिदीले पनि सहयोग गर्छस् भने म पनि आफूले सक्ने मद्दत गर्न बताउनु भयो । त्यसपछि दाइ मनिष महर्जन र विवेक अधिकारीसँग पनि कुरा राखेँ ।
उहाँहरुले पनि दुईरदुई हजार रुपैयाँ दिनुभयो । आफूसँग भएको चार हजार, दिदीले दिनुभएको दुई र दाइहरुले दिनु भएको चार हजार गरी मसँग १० हजार जम्मा भयो । त्यसपछि मैले ट्याक्सी चालक दाइलाई भेट्न चाहेँ । सम्पर्क नपाएपछि नेपाल प्रहरीको टोल फ्री नं। १०० मा सम्पर्क गरि उहाँको सम्पर्क नं पत्ता लगाएँ ।
करिब २५ र ३० पटक कल गर्दा पनि नउठेपछि मैले उहाँलाई फोन उठाउन आग्रहसहितको म्यासेज पठाएँ । त्यसपछि उहाँले डराउँदै कल उठाउनु भयो । आफूलाई डर लागेको र केही पनि नचाहिने भन्नुभयो ।
मैले उहाँलाई सहयोग लिनको लागि डाकेँ । उहाँ फाटेको कपडा, पुरानो टोपीमा चप्पल पड्काउँदै आइपुग्नु भयो । उहाँको दयनीय अवस्था देखेर मलाई माया लागेर आयो । उहाँसँग केही कुराकानी गरेँ । कुराकानीवाट थाहा भयो कि उहाँ करिब ३ महिना अस्पतालको शैय्याँमा बसेर भर्खरै काममा लाग्नु भएको रहेछ ।
दुई छोरा र एक छोरीका बुबा उनी, आफ्ना परिवारसँग भाडाको कोठामा बस्दै आउनु भएको रहेछ । लामो समयदेखि प्यारालाइसिस भएर ओच्छ्यान पर्नुभएको रहेछ । जसको उपचार खर्चका लागि धादिङको घरजग्गा बेच्नु परेको रहेछ । तीन सन्तानमध्ये एक छोरी अर्कै घरमा काम गर्दिरहिछन् भने श्रीमती ककनी नजिक जग्गा भाडामा लिएर जिविकोपार्जन गर्ने तथा उहाँ ट्याक्सी चलाउँदै आउनु भएको रहेछ ।
यो सुनेर मन भारी भएर आयो, कसका लागि थियो यो आन्दोलन रु के क लागि भएको हो यो आम हड्ताल रु यी सोझा जनताले शान्तिको श्वाँस फेर्न नपाउने नै हुन त रु
उहाँको कुनै बैंक खाता समेत रहेनछ । हामीले खाता खोलम न त भन्दा उहाँको साथमा नागरिकता पनि थिएन । केही त गर्नैपर्छ भन्ने सोचका साथ मैले नागरिकता लिन जाने निधो गरेँ । बन्द र हड्तालको चुनौती त छँदै थियो तर पनि कसैले चुनौती त मोल्नु नै थियो । बन्दलाई छिचोल्दै नारायणहिटी पुगेर नागरिकतासहित उहाँकी जहानलाई लिएर आएँ ।
हामीले लक्ष्मी बैंकमा उहाँको खाता खोल्यौँ र आफूसँग भएको रकमसमेत जम्मा गरिदियौँ । उहाँ केही आशावादी हुनुभएको थियो । हामीले अन्य सहयोग समेत जुटाउने वचनबद्धता दियौँ ।
आन्दोलन आफैंमा आवेशपूर्ण कार्य हो । तर जोशमा होस गुमाउन भने कसैले हुँदैन । विधि, पद्धतिको नारा जपेर गरिब जनताको जिविकोपार्जनमा लात हान्ने छुट कसैलाई पनि छैन । हामीले संयमता अपनाएर अघि बढ्नुपर्छ । यस्ता आन्दोलन र पश्चगमनको बाटोलाई हामी युवाले निस्तेज पार्नुपर्छ ।
नेपाल बन्द सदाको लागि बन्द गरौँ । विरोध गर्ने शैलीमा परिवर्तन ल्याउँ, परिवर्तनका नाममा सोझा जनतालाई मारमा नपारौँ । उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावले लक्ष्मी बैँकको कुम्भनारायण श्रेष्ठ ज्युको नाममा रहेको खाता नम्बर ०१२२०१९३६६६ मा रकम जम्मा गर्न सक्नुहुनेछ । कृपया आफुले सकेको सहयोग गरौँ । सेवा नै धर्म हो । धन्यवाद ।