मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गछौं : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो मांसाहारी आन्दोलनलाई संविधान कानुनले अपराध ठानेको छ , अपराध गर्ने छुट कसैलाई छैन ।’ नेकपा ओली पक्षको काठमाडौंमा आयोजित आमसभामा आज गृहमन्त्री थापाले भन्नुभयो,म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’ उहाँले मांसाहारी आन्दोलनगर्नेहरुबाट सतर्क हुन पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । गृहमन्त्री थापाले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस