प्रचण्डको कुर्सीका लागि मेरो ट्याक्सी जलाएर के पाए ?

काठमाडौं । प्रचण्ड–माधव समूहका कार्यकर्ताले गोंगबुमा आगो लगाएका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठले आफू ज्यान जोगाउन सफल भएको बताएका छन । उनले दुईजना व्यक्तिले ट्याक्सीमै राखेर आगो लगाएको बताए । प्रचण्ड समुहका कार्यकर्ताले बिहान प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा चालकसहित आगजनी गरेका थिए । उनले प्रचण्डको कुर्सीका लागि मेरो ट्याक्सी जलाएर के पाए ? भन्दै प्रश्न गरेका छन । गरीव मजदूरको ट्याक्सी जलाएर के पायौँ भन्दै आन्दोलनकारीलाइ प्रश्न गरेका छन ।

उनले नेपालयन खबरसँग भने, म मजदूर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै गाली गरे । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपाय छैन।

उनी भन्छन्, उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्वहाराले कहिलेसम्म दुःख पाउने हो ?

प्रतिक्रिया दिनुहोस