दाङ । दाङ तुलसीपुरको बालापुरमा भोलि बिहीवार देखि संचालन हुन लागेको जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला पुरुष भलिबल प्रतियोगिता २०७७ को तयारी पुरा भएको छ ।
सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न २ र दङ्गीशरण गाउँ पालिका वडा न ५ को संयुक्त तत्तवधानमा हुन लागेको प्रतियोगिता को बिहान ११ बजे उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ !
स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै दुई दर्जन बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल आयोजक समिती का संयोजक ढुण्डी राज न्यौपाने ले जानकारी दिनु भएको छ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर २ मा अबस्थित मा.बि. बालापुर खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ !
प्रतियोगिता को बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५,५० र ३० हजार तथा कप,मेडल, प्रमाणपत्र हात पार्ने छन् ! त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी हरु लाई पुरस्कृत गरिने प्रतियोगिता मुल आयोजक समितिका सदस्य दुर्गा गिरि ले जानकारी दिनु भएको छ !
यसैविच आयोजक ले प्रतियोगिताको उद्घाटन समारोह लाई भब्य एवं सभ्य बनाउन खेलप्रेमी,खेलाडी,समाजसेवी,बुद्धिजीवी,उधोगी, ब्यबासायी, नागरिक समाज,पत्रकार लगाएत सबैमा उपस्थितिको लागि अनुरोध गरेको छ !