अख्तियारमा प्रेम राईको इन्ट्रीसँगै बिच्कियो प्रचण्ड समुह भोलि आम हड्ताल गर्ने निर्णय

काठमाडौं । चर्चित बालुवाटार सरकारी जग्गा काण्डको छानविनमा सक्रिय भूमिका निर्वाह गरेका प्रेमबहादुर राईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्ट्री भएसँगै प्रचण्ड माधव समुह अतालिएको छ । अख्तियारको प्रमुख आयुक्तका रुपमा राईको प्रवेश भएपछि बालुवाटार काण्डले प्राथमिकता पाउने भएपछि उनिहरु डराएका हुन। जसको बिरोध स्वरुप उनिहरुले भोलि देशव्यापि हडतालगर्ने घोषणा गरेका छन् ।

बालुवाटार काण्डको छानविन गरेदेखी नै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अरुचिमा रहेका राईले प्रवेशसँगै अख्तियारले पुराना घोटलाहरुको सत्यतथ्य छानविन गर्ने विश्वास लिइएको छ । अख्तियार केही महिनादेखी प्रमुख आयुक्त विहिन अवस्थामा रहेको थियो ।

प्रचण्ड–नेपाल समुहले आफुले भनेको मान्छे नियुक्ति गर्ने भएमात्र समर्थन गर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले निष्पक्ष भएर काम गर्नेलाई नै अख्तियारमा नियुक्ति दिने अडान राख्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस