उत्सव भन्छन्,‘शुष्माले मलाई जातिय रुपमा अपमान गर्दै ‘कामी’ भनेपछि आरतीले एक झापड लगाएकै हो

काठमाडौ । आफ्नो अपमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका विरुद्ध उजुरी दिएकी छन् । उनी आफ्ना अभिब्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मंगलवार उत्सव र आरतीसंगको विवादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

उत्सव र आरतीले आफुलाई दुब्र्यवहार गरेको भन्दै उनी न्याय खोज्न प्रहरी कार्यालय पुगेकी हुन् । नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आरोप कार्कीको छ ।

नायिका सुष्मा कार्कीले घटनाको भिडियो रेकर्ड समेत भएको बताएकी छन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ ।

शुष्मा प्रहरी कार्यालय पुगेपछि यता युट्युवर रसाइलीले पनि प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शुष्माले जातिय अपमान हुने शब्द प्रयोग गरेर आफुलाई गा’ली गरेका कारण आरतीले एक झापड लगाएको स्वीकार गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो, रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।’

प्रतिक्रिया दिनुहोस