काठमाडौं । यो तीन बर्षको अवधिमा पार्टी संगठनका कामलाई पुर्णता दिन कसैको चासो रहेन । सरकर संचालनको आधा कार्यकालको सहमति जुन चौतर्फी आलोचना भएपछि पार्टीको कार्यकारी अध्यक्षसँग साटेका प्रचण्ड झनै पार्टी संचालनमा असफल भए वा लोकलाजले पछि हटेका भएपनि भित्री मनसुवा सरकारको नेतृत्व गर्नेमा नै हुँदा पार्टीलाई भद्रगोल पारेर प्रधानमन्त्रीको कुर्चीमा नै अर्जुनदृष्टि रैछ भन्ने पछिल्लो खटाइले छर्लङ्ग भएको छ । सदस्यता एकीकरण जस्तो सामान्य कामलाई अन्तिमसम्म रोकीराख्नुले एकतालाई प्रचण्डले रणनीतिक उपयोग गर्न खोजेको प्रष्ट देखियो ।
प्रचण्डका हरेक क्रियाकलाप शंकाको घेरामा देखिन्छ । पार्टी एकतालाई इमानदारितापुर्वक पूरा गरेर सहमतिको महाधिवेशनमार्फत पार्टी अध्यक्ष हुने बैधानिक बाटो नरोजेर माधव गुटसँग मिलेर जुन षडयन्त्र र जालझेलको बाटो रोजे, त्यसले पार्टी अध्यक्षबाट मात्रै नभएर कम्युनिस्ट आन्दोलनबाटै बिदा हुने बिन्दुमा ल्याएको छ । केपी ओलीसँगको यो टकराव धेरै महङ्गो साबित हुँदैछ । पार्टीका माधवदेखि बामदेवसम्मलाई मोहजालमा पारेका प्रचण्ड पुरानो एमालेलाई निलेर फेरि चौतिस बर्ष पार्टीको अध्यक्ष बन्ने दाउमा आफ्नै सरकारका बिरुद्द अबिश्वासको प्रस्ताव संसदमा लिएर तत्कालीन जनयुद्धकालको सर्वसत्तावादी सोच साकार पार्ने र गणतान्त्रिक ब्यवस्थालाई अँध्यारो सुरुङ्गमा हाल्न पछि नपर्ने उद्दण्ड स्वभाव प्रचण्डमा देखिएको कारण समस्या बढेको अनुमान गर्न सकिन्छ ।
उनले भन्दै आएको क्रम भंग र विघटनले महाबिपत्ति र राष्ट्रमाथि थप संकट मात्रै थोपरिएको छ । अहिलेको गणतन्त्र पनि प्रचण्डको ब्यक्ति हत्याले मात्रै नभै तत्कालिन सातदलले राजा ज्ञानेन्द्रबाट पाएको धोका र माओवादीको एकल जनवादी ब्यवस्था ल्याउने मोह त्यागपछि मात्र आएको हो । शान्ति संझौता नभएको भए तत्कालीन माओवादी आ-आफै लडेर सिद्दिने स्थितिमा पुगेको थियो । जनयुद्धले प्रचण्ड ,बर्षमान र जनार्दन जस्ता दर्जनौं नेताको जीवनमा मात्रै खुशी ल्यायो ,अन्य सोझासाझालाई बलिको बोका मात्रै बनाएको छ ।
मोहन बैधदेखि बिप्लवसम्मलाई घर निकाला गरेर जंगलको एक्लो सिंह ठान्न थालेका प्रचण्ड बाहिरी दुनियाँको आंखामा क्रान्तिबाट आएको प्रचण्ड जस्तो नेता हुन सकेन्न । पुष्पकमल दाहाल मात्रै भए । यति छिटो उनी परिवारवाद, धनवाद र संसदीय भाषमा परेर एकछिन पनि सत्ता बाहिर रहनुपरे माछा झै छट्पटिन्छ होला भन्ने शायद कमैले सोचेका थिए । अझै सारथीले त उनको स्खलनबाट आफुलाई समेत यति छिटो अलग्ग गर्नुपर्छ भन्ने कहिल्यै सोचेन्न होला ?
यो म्याण्डेट मार्चण्डलाई कसले दियो ? अधिवेशनले दियो कि चुनावले दियो ? कि वहाँहरुबाट अझै देश र जनताले केही पाउने भरोसा बाँकी छ र ? पार्टी र देशले वहाँहरुको क्षमता र काम देखिसकेको छ । रगतको होली खेलेको प्रचण्डले आफ्नो परिवार बाहेक अरु कसैलाई र देशलाई राम्रो गरेको प्रमाण छैन् । उनलाई तेस्रोपटक प्रधानमन्त्री बनाउन र अहिलेसम्म भएका बिकास प्रयासलाई रोक्न एंव दोस्रो कटुवाल काण्ड मच्चाउन कुन जनता सडकमा जान्छन होला ?
प्रचण्ड अहिले माओवादी लिगेसी गुमाएर एक्लो हुँदैछन् । अब चौतर्फी रुपमा नाङ्गो हुँदै युद्द सरदार घोषित हुने बाटोमा छन् । त्यो दिन आउँदा रोइदिने उनको परिवार र आफन्त समेत हुनेछैन्न । पारिवारिक पीडा त भोगिरहेका नै छन । उनको अस्थिरता र अधर्यताले हिजोको बलिदान, त्याग र आशालाई धुमिल पारेको छ । आफुलाई जनताको नजरमा महानयोद्दा साबित गर्ने मौकाबाट चुकेका छन् । हिजो उनको समुहले दिएका आततायी बर्बरता र यातना झन् आलो घाउ बनेका छन, संसद विघटन पश्चात् ।
केपी ओली जनताका मुर्छित सपनाका नायक हुन । नेपाली जनताले सपना देख्न समेत बिर्सिसकेका दीर्घकालीन महत्वका बिकासका कामहरु यही केपी ओली सरकारका पालामा भईरहेका छन् । रातारात मुलुकको कायापलट सम्भव छैन् । जताततै वेथिति मात्रै भएको मुलुुकमा एउटै कार्यकालमा सबै परिवर्तन सम्भव छैन् । तरपनि केपी ओली सरकार सुरुङ्ग मार्गदेखि पेट्रोलियम लाइन, सडक चौडादेखि एअरपोर्ट बिस्तार र निर्माण ,पानीजहाजको सम्भावनादेखि महंगा खानीको उत्खनन् र अन्वेषण ,रेल मार्गदेखि उत्तरदक्षिण जोड्ने फराकिला मार्गहरु ,चुच्चे नक्सा प्रकाशनदेखि राष्ट्रिय स्वाभिमान उच्च पार्नेसम्म, बालबालिकालाई पोषण खाजादेखि स्वास्थ्य बीमासम्मका कामहरुमार्फत समाजवादतिर जाने गोरेटो बनाउन सफल भएको छ ।
यो सरकारले बिकास र समृद्धि जनतासम्म पुर्याउन पहल गरेको छ । केही कमजोरीका बाबाजुद पनि देश र जनताप्रति केपीओली सरकार यसअघिका सबै प्रधानमन्त्री भन्दा सफल छन् । अंशमा कमजोरी देखाएर सरकारका उपलब्धिलाई ढाकछोप गर्न प्रतिपक्ष कांग्रेस भन्दा नेकपाकै मार्चण्ड गुट लागेको थियो भन्ने कुरा प्रचण्डको आरोपको पुलिन्दाले भरिएको प्रतिवेदनले प्रमाणित गरेको छ ।
संघीयताको जग बसाल्दै कोरोनाको महामारीसँग जुझ्दै, भारत र चीनसँग समानताको लडाई लडदै जनजीबिकासँग जोडिएका एक घर एक धारा, फुसको छानो हटाएर टिन लगाउने, गरिबलाई आवास निर्माण , भुकम्पले ढालेका संरचनाको तीब्रतर निर्माण र सुशासनका प्रयास , बिधालयमा बालबालिकालाई पौष्टिक आहारको ब्यवस्था, स्वास्थ्य बीमा जस्ता काम गर्दै समाजवाद उन्मुख पाइला चालिरहेको वर्तमान अबस्थामा देशीविदेशी दलाल र अस्थिरतामा लुटन पल्केकाहरु छट्पटिएका थिए । केपी ओली बिकासका नायक हुने स्थिति र नेपाल बिकासशिल राष्ट्रमा दहरिएको अबस्था छिमेकीलाई समेत मन परिरहेको छैन् ।
संविधानको दुइबर्षे स्थायित्वको प्रावधान पूरा भएको दिनदेखि नै अनेक षडयन्त्रहरु एकपछि अर्कोगरी आउन थाले । पद र सत्ताको स्वाद पटकपटक चाखेका मार्चण्ड गुटलाई परिचालित गरेर नाङ्गो बेलीडान्स देशभरि देखाउने प्रयत्न भएको छ । तर जनसमर्थन नपाएपछि अहिले मांसहारी आन्दोलनको धम्की दिन समेत थालेका छन् ।
यो संबिधानमा घरभित्रैका दुश्मनले टाउको उठाउने कल्पना गरेको देखियो । तसर्थ वर्तमान केपी ओली सरकारले अँध्यारो कोठाका षड्यन्त्र भत्काउन यो प्रस्ताव गर्न ढिला नगरोस् । जनताको प्रतिनिधि सिधै जनतासँग जवाफदेयी हुनुपर्ने हुन्छ । लोकतन्त्रमा प्रधानमन्त्रीको बिशेषाधिकार रहन्छ । कुन अबस्थामा र कति समयमा प्रयोग गर्ने भन्ने संबैधानिक ब्यवस्था स्पष्ट हुनुपर्छ ।
प्रतिनिधिसभा विघटन प्रतिगामी कदम हो त ? अहिलेको प्रतिनिधिसभा विघटन कम संवैधानिक र बढी राजनीतिक बाध्यता हो । यो मुद्दामा सिङ्गो देश ध्रुवीकृत भैसकेको छ । सिङ्गो देश संसद पुनर्स्थापना र नयाँ जनादेश वा निर्वाचन भन्नेमा बिभक्त्त छ । सरकारका सबै अंग कमबेशी मुछिएका छन । तसर्थ अदालतले औचित्य या कारण हेरेर निर्णय गर्नेछ । तर त्यान्द्रो छोपेर पहाडमा पुगिदैन, लुठो नै चाहिन्छ । “के निहुँ पाउ र कनिका बुकाउ” भन्नेहरु आफ्ना गलत हर्कत ढाक्न यो कदमलाई प्रतिगामी भनेर दिउँसै रात पार्ने तर्क गरिरहेका छन् ।
शुरुमा पद, कुर्सीको लडाईबाट द्वन्द्व भएको देखिएपनि जनताको समृद्धि, स्थायित्व र मुर्छित बिकासमाथि बलात्कार गर्न खोज्नेसंगको संघर्ष हो । विधि र जनताबाट अनुमोदित भएर आएका केपी ओलीलाई बिपक्षीले समेत औला ठाडो पार्न नसकेको स्थितिमा हठात समीकरण बनाएर आफ्नै सरकार बिरुद्द पार्टीमा होइन संसदमा किन अबिश्वासको प्रस्ताव दर्ता गर्न खोजियो र गरियो पनि ? यो म्याण्डेट मार्चण्डलाई कसले दियो ? अधिवेशनले दियो कि चुनावले दियो ? कि वहाँहरुबाट अझै देश र जनताले केही पाउने भरोसा बाँकी छ र ? पार्टी र देशले वहाँहरुको क्षमता र काम देखिसकेको छ । रगतको होली खेलेको प्रचण्डले आफ्नो परिवार बाहेक अरु कसैलाई र देशलाई राम्रो गरेको प्रमाण छैन् । उनलाई तेस्रोपटक प्रधानमन्त्री बनाउन र अहिलेसम्म भएका बिकास प्रयासलाई रोक्न एंव दोस्रो कटुवाल काण्ड मच्चाउन कुन जनता सडकमा जान्छन होला ? लेखक डाँगी नेपालयन खबरका प्रधान सम्पादक हुन् ।