काठमाडौं । म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता आफ्नो हातमा लिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।
नगरिक अगुवाहरुले आज म्यानमारमा भएको सैनिक कु को बिरुद्व माइतीघर मन्डलामा बिरोध प्रदर्शन गरेका हुन् ।
सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।
नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ ।
माइतीघर मन्डलामा भएको प्रदर्शनमा सहभागी भएका व्यक्तिहरुले नागरिकको अधिकार कायम गर, म्यानमारमा नागरिक सर्वोच्चता कायम गर, हामी म्यानमारका जनताको साथमा छौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
नागरिक आन्दोलनमा लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक सञ्जिव उप्रेती, अर्चना थापा, उज्वल प्रसाई, युग पाठकलगायत सहभागी थिए ।
सत्ता आफ्नो हातमा लिएका सेनाप्रमुख ह्लाइङ २०७४ साल मंसिरमा नेपालको चारदिने औपचारिक भ्रमणमा आएका थिए ।