कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी , बोर्डको बैठक १० बजे बस्दै

काठमाडौं । सोमबार बिहान १० बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बोलाइएको छ । कक्षा १२ को नजिता सार्वजनिक गर्ने तयारीका लागि बोर्ड बैठक बोलाइएको हो ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णंकको मात्र परीक्षा लिएको थियो । आइतबार बसेको बोर्ड बैठकले नतिजाको डमी हेरेको र केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

यसअघि बोर्डले १० माघभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नम्बर इन्ट्रीको काम सकिन समय लागेका नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जानकारी दिएको थियो ।

गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस