जनसर्मथन नदेखिएसँगै निराश बन्यो प्रचण्ड समूह : जारी धर्ना कार्यक्रम अब नगर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई नेकपाको प्रचण्ड–माधव समूहले छाडेको छ ।

४ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेको सो पक्षले आइतबारको धर्नामा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाललाई ल्याउँदा समेत उल्लेख्य जनसर्मथन पाउन सकेन ।

पार्टीका केन्द्रीय अध्यक्षहरु समेत उपस्थित हुँदा मानिसहरु नआएसँगै समूह निराश हूँदै कार्यक्रम छोट्याउन बाध्य भएको हो । जनताको आकर्षण नदेखेसँगै सो समूहले यसअघि २१ माघसम्म गर्ने भनेको धर्ना कार्यक्रम अब नगर्ने घोषणा गरेको हो । उसोत प्रदेश स्तरका कार्यक्रमसमेत बढो मुस्किलले गरिरहेको यो समूहको धर्ना कार्यक्रममा दिनप्रतिदिन संख्या घटिरहेको थियो ।

यद्यपी सो समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले भने वागमती प्रदेशसभाको अधिवेशनमा केन्द्रित हुनैपर्ने भएकाले समयअगावै धर्ना कार्यक्रम सकाएको बताइन् ।

प्रधानमन्त्री ओली पक्षले आयोजना गर्ने जिल्ला स्तरको कार्यक्रम बराबरपनि प्रदेश स्तरको जनसहभागिता जुटाउन हम्मेहम्मे परे सँगै पछिल्लो समय यो समूह निराश बन्दै गइरहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस