काठमाडौं । गायक हरि गिरी बिमर्शीको नयाँ गित “आएन चाईनाको रेल ” सार्वजनीक भएको छ । गायक बिमर्शीका यस अघि पनि थुप्रै हिट गितहरु बजारमा आईसकेका छन् । यस अघि अत्याधिक चर्चा कमाउन सफल गितहरु मध्य “ओई भन्यो मायाले”लाई निकै रुचाईयो ।
त्यस पछि गायक बिमर्शी बिस्तारै दर्शक तथा स्रोताका माझ चिनीन सफल भएका हुन् । यस गितमा गायक गिरीसँगै गायीका बबीना किरातीको स्वर रहेको थियो । भिडियोमा चर्चित टेली सिरियल “सक्किगोनी”का बाले नामक पात्र सागर लम्साल बले र करुणा श्रेष्ठको नृत्य रहेको थियो ।
यहाँ आश्चर्य के छ भने “ओई भन्यो मायाले”का लगभग केहि टिमहरु पुनः नयाँ गित “आएन चाईनाको रेल”मा पनि दोहोरिएका छन्।
यसलाई यसरी पनि लिन सकिन्छ गायक बिमर्शीलाई यो टिम फापेकै हो । किनकि “ओई भन्यो मायाले”लाई पनि दर्शक तथा स्रोताको अपार माया मिलेको थियो भने अहिले केहि दिन अघि मात्र सर्वजनिक भएको यो नयाँ गित “आएन चाईनाको रेल”लाई पनि निकै रुचाइएको छ ।
गितमा गायक गिरीले गायीका बबीता किरातीलाई दोहोराएका छन् भने भिडियोमा सागर लम्साल बले पनि दोहोरिएका छन् । तर यो गितमा चिर्चित अनुहार टुईन्स गर्ल प्रिज्मा र प्रिन्सीको ईन्ट्री भएको छ ।