काठमाडौं । सन्तान तथा नातागोता मोहका दृष्टिले नेपालमा अग्रणी भनेर कहलिनुभएका पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत दुई सन्तान सहिद भएको दावी गर्नुभएको छ ।
उहाँले आफ्ना दिवंगत छोरा र छोरीले बलिदान दिएको भन्दै सरासर झुठो बोल्नुभएको छ । उहाँले यस्तो झुठ कोठाभित्र नभएर सार्वजनिक रुपमै बोल्नुभएको हो ।
बुटवलमा शुक्रबार उहाँको समूहले आयोजना गरेको सभामा आफ्ना छोरा र छोरीले बलिदान दिएको बताउनुभएको हो ।
प्रचण्डले सभामा भन्नुभएको वाक्य यस्तो छ– ‘जसरी हजारौं सहिदहरुको त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल आइपुगेको छ, मैले भनेको थिएँ, मेरो आफ्नै परिवारमा पनि मेरो छोरा, छोरीको पनि बलिदान त्यही प्रकृयाबाट भयो ।’
वास्तविकता के हो भने उहाँका छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहाल दुवैको निधन जनयुद्ध सकिएपछि भएको थियो । छोरी ज्ञानुको क्यान्सर रोगले भएको थियो भने प्रकाशको निधन कुन अवस्थामा भएको थियो भन्ने अज्ञात छ ।
गत आमचुनावका बेला प्रचण्ड झापामा रहनुभएको बेला काठमाडौंमा रहस्यमय रुपमा प्रकाशको निधन भएको थियो । अन्तिम अवस्थामा प्रकाशलाई काठमाडौंको नर्भिक अस्पतालमा लगिएको थियो ।
प्रकाशको पोष्टमार्टम गर्न प्रचण्डले मान्नुभएको थिएन । पोष्टमार्टम नगरी प्रकाशको दाहसंस्कार गरिएको थियो । पछि उहाँकी पत्नी बिनालाई प्रचण्डले सांसद् तथा मन्त्री बनाउनुभएको थियो । उहाँकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ भने अर्की छोरी गंगा दाहाल उहाँकै स्वकीय सचिव हुनुहुन्छ ।
प्रचण्डले बुटवलको सभामा आफ्ना छोरा र छोरीले बलिदानी दिएको भनेर झुठो भाषण गर्दा उपस्थित कार्यकर्ताले जोडसँग तालि बजाएका थिए । स्रोत सनराईज खबर