लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

बुटवल । लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले अभियानको शुरूवात गरे । लुम्बिनी प्रदेशमा पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाए ।

अस्पतालका १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउदैछन् । लुम्बिनीमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस