गोजुरियो करातेको ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न

दाङ । दाङको तुलसिपुरमा गोजुरियो कराते को ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न भएको छ !
नेपाल गोजुरियो कराते दो संघ को आयोजनामा सहिद स्मृति आवासीय मा.बि.तुलसिपुर बनकट्टी मा मंगलवार भएको ग्रेडिङ तथा दिक्षान्त समारोह मा जिल्लाका सिनियर तथा जुनियर गरि ६५ बढी खेलाडी दिक्षित भएका छन् !

जस अन्तरगत सिनियर तर्फ ब्ल्याक बेल्ट सो डान फस्ट डान,सेकेण्ड डान,थर्ड डान र जुनिएर तर्फ विभिन्न बेल्ट मा अप ग्रेट खेलाडी हरु लाई नेपाल गोजुरियो कराते महासंघ का केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक बि.आर मित्राले दिक्षित गर्नु भएको नेपाल गोजुरियो कराते का प्रशिक्षक विवेक कुमार बि.क.ले जानकारी दिनु भएको छ !

नेपाल कराते दो संघ दाङको आयोजनामा भएको समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी बि.आर मित्रा ले रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवन को अभिन्न अङ्ग भएको बताउनु भएको छ !
खेलकुद मानव जीवन को अभिन्न अङ्ग संगै सर्बाङ्गिन बिकासको आधार स्तम्भ पनि हो त्यसैले यसको उच्च आदर्श लाई सदैव आत्म साथ गर्न खेलाडी हरु लाई उहाँ ले आग्रह गर्नु भयो !

नेपाल कराते दो संघ दाङका अध्यक्ष बिरेन्द्र को अध्यक्षता मा भएको कार्यक्रममा ,सहिद स्मृति आवासिय.मा.बि का सहायक प्रधानाध्यापक धनेश्वोर पोख्रेल, समाज सेवि पुस्पा आचार्य,,प्रशिक्षक,नबराज रोका,सुबिन चौधरी लगाएत ले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ! कार्यक्रममा शान्तिनगर र मानपुर दोजाङका खेलाडिहरु को सहभागिता रहेको थियो ! कार्यक्रमको सहजीकरण प्रशिक्षक हरिष चन्द्र राना ले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस