केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीलाई धुलो छाप पार्टीको संज्ञा दिएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओलीको पार्टीको कुनै काम नभएको बताए ।

नेपालले ओली गुटको केन्द्रीय समितिको संख्या १५ सय पुर्याइएको आफूले सुनेको भन्दै ओलीले त्यसलाई ५ हजार बनाउन पनि सक्ने बताए ।

‘५ हजारले पुगेन भने १० हजार पनि बनाउँछन् । त्यसैले त्यो धुलोछाप पार्टी हो । केपी ओलीको धुलोछाप पार्टीमा कोही नजानुुस्’ नेता नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले आफू केही दिनअघि बर्दियामा पुग्दा ओलीको पक्षमा लागेर केन्द्रीय सदस्य भएका एकजनाले केन्द्रीय सदस्यको प्रमाणपत्र च्यातेर आफूहरुले नेतृत्व गरेको पार्टीमा आएको बताए ।

म अहिले सुन्दैछु, जिल्ला जिल्लामा गएर को आउँछ आउनुस् भनेर डम्फु बजाउँदैछन् । यस्तो भुलभुलैमा नपर्नुहोला,’ नेपालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस