पत्रकारले फेरि आन्दोलन गर्नुपर्दैन – सञ्चारमन्त्री गुरुङ

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ पत्रकारले फेरि आन्दोन गर्नु नपर्ने गरी सरकारले काम गर्ने बताउनुभएको छ । यो काम केपी शर्मा ओली नेतृत्वको नेकपाकै सरकारले गर्ने उहाँले बताउनुभयो ।

ad

 

काठमाडाैंमा आज आयाेजित प्रेस संगठन नेपालकाे दोस्रो राष्ट्रिय भेलामा बाेल्दै मन्त्री गुरुङले समाज र राजनीतिक परिवर्तनको क्षेत्रमा पत्रकारले खेलेको भूमिका सम्मानयोग्य भएको बताउनुभयो । तर अहिले केही पत्रकारहरु आफ्नो आचारसंहिता र लक्ष्यविहीन भएर हिँडेको उहाँले बताउनुभयाे ।

अहिले केही पत्रकारले राष्ट्रपति, प्रधानमन्त्री र सर्वोच्च अदालतप्रति समेत अपमान गर्ने काम गरेको उहाँले बताउनुभयो । यसमा सञ्चार मन्त्रालयको ध्यानाकर्षण भएको उहाँले जानकारी दिनुभयो । अब मुलुक चुनावमा लागेको बताउँदै उहाँले भन्नुभयाे – ‘सबै राजनीतिक दल चुनावमा लागेका छन्, त्यही अनुसार सबै चुनामा लागौं ।’ मन्त्री गुरुङले पत्रकारलाई पनि चुनावको माहोल बनाउन आग्रह गर्नुभयो । उहाँले कसैलाई पनि भ्रममा नपर्न र नपार्न पनि आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस