आज ६ हजार ७ सय ४३ वडामा एकसाथ विरोध प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।

कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्न लागेको हो । आज हुने विरोध सभालाई नेपाली कांग्रेसका विभिन्न शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलनमा छ ।

वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल सभापति देउवाले आग्रह गरेका छन् । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध एकमत भएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस