लोकगायक तथा संकलक रत्न बानियाँको निधन

काठमाडौं । लोकगायक तथा संकलक रत्न बानियाँको निधन भएको छ । नेपाली लोक गीतमा लामो समय काम गर्नुभएका उहाँको बुधबार विहान निधन भएको हो ।

झरना सङ्गीतका मालिक समेत रहनुभएका बानियाँको दुवै मृगौलाले काम गरेका थिएनन् । उहाँ लामो समयदेखि मृगौलाको उपचार गराइरहुनु भएको थियो ।

गायक बानियाँका ‘तिम्रो ल्वाङ सुपारी’ रोइला भाका, ‘दिनै र हो भरी’ सालैजो, ‘यतिराम्रो झिल्के’ कौरालगायत ‘पानमा सुपारी’, ‘जिन्दगी के छ र’, ‘एक्लै भएर’, ‘छैन जानु कहीँ’, पोखरा ‘फेवाताल’लगायतका लोक गीतहरू लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस