रौतहट । २१ वर्ष अघि आफ्नै आमाको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला रौतहट साविक गेडहीगुठ्ठी गाउँ विकास समिति वडा नम्बर ७ हाल गरुडा नगरपालिका वडा बस्ने २ बस्ने ४० वर्षीय रामबाबु राय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यादवले वि.सं. २०५६ साल बैशाख ६ गते आफ्नै आमा चुल्हिया देवी राय यादवको छुरा प्रहार गरी हत्या गरेका थिए ।
हत्यापछि ईनरकली देवी यादवको जाहेरीका आधारमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत गौर, रौहतटले उनलाई वि.सं. २०६० साल मंसिर ८ गते २२ वर्ष २ महिना २० दिन कैद हुने सजाय सुनाएको थियो।
हत्या गरे लगतै फरार रहेका उनी भारतका विभिन्न सहरमा लुकिछिपी बसेको र अहिले घर आएको सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले जानकारी दिए।
पक्राउ परेका यादवलाई जिल्ला अदालत रौतहटमा पेश गरि सजाय भुक्तानको लागि जिल्ला कारागार गौरमा चलान गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका उपरीक्षक सिद्धी बिक्रम शाहले नेपालयन खबरलाइ जानकारी दिए।