हिजो नरोएको मन

काठमाडौं । १.बाबुको क्रिया गर्न बसेको नाबलक छोरो  क्रियापुत्री घरबाटै थुतेर लगि मार्दा नरोएको मन !

२. पल्टन्मा खटिएको सिपाइकी जीवन संगिनी घरबाट थुती लाइन लगाएर बलात्कार गर्न  लगाइ त्यसपछी मार्न लगाउदा नरोएको मन !

३.ब्यारेकका ब्यारेक , गुल्मका गुल्म , टुकडिका टुकडी नेपाली छोरा बमले, बारुदले र स्वचालित हतियारले  उडाई हजारौं अधबैंसे नारिलाइ जवानिमै बिदुवा बनाइ तिन्को घरपरिवार उजाडी काखको सन्तान्लाइ टुहुरो बनाउदा नरोएको मन !

४.कक्षा कोठामा पढाइ रहेको सिक्षकलाइ पाठसाला बाटै थुती लगेर हात पाखुरा बाधी  गला रेटेर  त्यसपछी बन्दुकले उडाउदा  नरोएको मन!

५.जमिन्दारी हैकम वाला नबसामन्ती भन्दै गाँउका जान्ने बुझ्ने र समाजका अगुवा सामाजिक नेतृत्वकर्ताहरुलाइ काम छ भनी जंगल तिर लागि मरणा सन्न हुने गरि भरुवा बन्दुकको  कुन्जोले कन्चटमा टमाटरको अचार पिसे झै क्याच क्याच  पार्दा अझ यतिले नपुगेर सरिरका विभिन्न अंग ब्लेडले चिरी नुनखोर्सानी लगाइ बेस्सरि भकुर्दै तड्पाइ तड्पाइ मार्दा नरोएको मन !

६.  यिनिहरुबाटै लखेटिई बिदेस बस्ने युबाले चन्दा नदिनु भनी कुनाकी सुत्केरी श्रीमतिलाइ भन्यो भन्दै दुधे शिशु कंशले झै मझेरिमा फाली ती अबलालाइ जंगल लगी दर्जनौ पटक बलात्कार गरि हप्तौं पछि गाँउको मुल्बाटोमा मरणासन्न अवस्थामा ल्याएर मिल्काउदा नरोएको मन !

७. लाँउलाँउ र खाँउ खाँउका ८/९/१० कक्षामा पढ्दै गरेका  स्कुले केटाकेटी बाबू आमा सँग सोध्दै नसोधी चिलले चल्लो टिपेझै टिपेर लागि बन्दुक बोकाइ नशालु पदार्थ पिलाइ  भिडन्तमा  पठाइ  हजारौ  नाबालकको निर्मम लास बनाइ तिन्को रगतसँग होलि खेल्दा नरोएको मन !

८. असारको हिलो आलिमा लत्पतिएको किशान सुराकिको आरोप लगाइ  (जो कखरा चिन्दैन थ्यो)  , बैसाकको मकै वारिमा हलगोरु सँग मकैको  सियो लगाउदै गरेकी अर्धाङ्गिनी लाई तिम्म्रो पति सँग काम छ भनी नारेको गोरुको जुवा बाट जोतारो सम्म फुकाउने समय सम्म  नदिई नजिकैको पानी पधेरो छेउ अर्धाङ्गुनिकै अगाडि खुकुरिले छप्काउदा नरोएको मन !

९.हिन्दु धर्मको पान्चायन देवता पुजा गर्ने कुशको पबित्र पिरा माथी बसि पढ्दै गरेका बुबालाइ कथित सिक्षाको ग्यान फैलाउछस भनी नजिकैको  दाउरा कड्कुडो छेउ लगेर खुकुरी प्रहार गरि अस्टमिको खसी ढालेझैं ढाल्दा नरोएको मन !

१०. यो देसमा कानुनले बर्जित गरेका  गाई गोरु काटी देसै भरिका हिन्दुहरुको अझ पुरोहित गन्नेमान्ने र संस्कृतका ज्ञाताहरुका घरका  चुल्हा चुल्हामा आमाले सत्ते नारायणको पुजा लगाउदा मात्र पिठो छिन्कन लुकाएर राखेको पबित्र नाङ्लो निकाल्न लगाइ  नाङ्लोमा गाई गोरुको मासु राखी ती बाबू आमाको आखामा बलिन्द्र आँसु धारा बर्सदा समेत बेवास्था गरि  तिनैको चुलामा पकाइ खाँदै महान जनयुद्द भन्दै टन्न भुँडी भएसी तिनै आमा बुबा र घरपरिवार जो निर्दोस थिए तिन्लाइ  लान्छना लगाइ  भाटे कार्बाही भनी शरीर भरी निल्डाम हुन्जेल चुटेर छोड्दा  नरोएको मन !

११. खाइ नखाइ गरेर बर्स भरी दुख गरेर थन्क्याउन लागेको बाली लुटिदा नरोएको मन !

१२.दिन भरी काखको नानी ढाडमा मजेत्रोले बाँधी अर्काको मेलापात गरि बनी गरेर आर्जेको चारमाना धान साँझ थकित भै  झुप्रोमा फर्की ढिकिमा कुटि दर्फर्याएका चामल काखको नानी लाई खुवाउन छड्कदै गरेको माडै सँग लुटि मिलिसिया छापामारलाइ सघाउन पर्दैन भन्दै लुटेर त्यो  नाबालकको सासको आस माड सम्म लुटेर पिउने लुटेराहरुले तिनै अबलाइ त्यँही मजेरिमै लडाइ  बढी बोल्छेस भनी दसौं जनाले बलात्कार गर्दा नरोएको  मन !

१३. सिमाना जंङ्गे पिलर वरवर सर्दा नरोएको मन !

१४. कयौं सिमानाका पिलर हराउदा , जमिन मिचिदा , भारतिय ssb ले आफ्ना नागरिक गोलिहानी उडाउदा नरोएको मन !

१५. कर्णालि नदिको बहाबै चेन्ज गर्दा , कोशी नदिको तेजलाइ अर्को तिर मोडिदिदा नरुने मन !

१६.पत्रकार  डेकेन्द्र थापालाइ जिँउदै खाल्डो खनी  गाड्दा नरोएको मन !

१७. इटा भट्टामा दर्जनौ नागरिकलाइ जिउँदै पोल्दा नरोएको मन !

१८.कथित शान्तिबार्ता पछि गठित सत्य निरुपण आयोगलाई नंङ्याई हजारौं घाइते , बेपत्ता , अंगभङ्ग र  छट्पटाइ रहेका आम नेपाली जनसमुदायको न्याय खल्तिमा बोकेर हिड्दा नरोएको मन !

१९.लिपुलेक , लिम्पियाधुरा र कालापानी  भारतले खर्लपै निल्दा नरोएको मन !

२०. देसमा आफैंले लडेर ल्याएको ब्यबस्थाले रच्दै गरेको र  जारी हुनै लागेको संविधान  बिदेसिले रोक्दा , आफ्नै समकक्षिहरु मितेरी पुलको पारिपट्टि गै मात्री भुमिको छातिमा पत्थर बर्साउन लगाउदा नदुखेको मन !

२१. ६/६ महिना लामो नाका बन्दी भै आफ्ना जनता नजरबन्दमा परि चरम महङ्गी र गरिबिमा छट्पटाउदा अलिकतिपनी नरोएको मन !

२२. कोरोनाले विश्व स्तब्ध  भएको बेला आफ्ना  नागरिक खाडिमा भोक्मारिको ब्यथामा छट्पटाएका हजारौं भिडियो देसका रास्टिय मिडियाले बजाउदा पनि   टुलुटुले हेर्ने र मजालिने  तर सिन्को नभाच्दा नरोएको मन !

२३. बर्दिमा खटिएको प्रहरी भाला खुकुरी र खुँडाले रोपिदै काटिदै गरेको बर्बर दृस्य देख्दा नरोएको मन !

२४.देसका एक करोड हाराहारिका उर्बर नौजवान कौडिको भाउमा चेचिँदा नदुखेको मन !

२५.देशमा तात्कालिम पन्चायती ब्यबस्थाले सुरु गरेका कल कारखाना र उधोग धन्दा कामै नलाग्ने बनाइदा  समेत नरोएको मन !
भो म थाके अरु लेखन थप्नुहोला है

अन्त्यमा
नागरिकका यति धेरै पिडै पीडा हुँदा नदुखेको मन  आज तात्कालिन जंगली सुपृमोलाई सत्ता गुम्दा , दलको शिर्स पद गुम्दा बेस्सरी  फेरि राजनिती गर्न र यो देसलाइ अझै बर्बाद पार्न  उठ्नै सक्दिन कि भनेर  चर्कि चर्की दुखेको छ, छाती फुट्ला जसरी दुखेको छ रे । अझ  भन्दै छन की यो देसमा गणतन्त्र आएको थियो तर उपलब्धि  गुम्ने भोरे , ओलिले खाइदिएरे , देस बर्बाद हुँदै गयोरे अरु केके हो के के !! ए नेपालीहरुहो कैले बुज्दछौ कैले ?

अब पनि बुज्दैनौ भने  तिमिहरुका आज बिदेसिएका सन्तान्ले अब खाडि र युरोप तिर  अस्थाइ हैन पुर्ण रुपमा स्थाइ बसोबासको लागि , रोङ्गिया , भुटानी वा अफृकी देस कंगो , बुरुन्डी , हाइटी वा सुडाननि नागरिक  झैं भएपछी मात्र बुज्दछौ होला हैन ??
तथास्तु ! खतिवडायोगेन्द्र रेगिस्थानबाट

प्रतिक्रिया दिनुहोस