दाङ । अनेरास्ववियू दाङले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ, श्री गुरु जजुर नमुना मा.वि.रक्षाचोैर मा हिमाल वलीको अध्यक्षता विद्यार्थी भेला तथा वैठक सम्पन्न गरि ४१ सदस्य कमिटी गठन गरेको छ।
जसको अध्यक्ष- हिमाल वली,उपाध्यक्ष-दिनेश वली,सचिव-जीवन बोली,सह सचिव भगवता रिजाल,कोषाध्यक्ष-विवेक पाण्डे,संगठन विभाग प्रमुख धन बहादुर जिसी,महिला विभाग प्रमुख-दिपा विश्वकर्मा,शैक्षिक विभाग प्रमुख-कोमल वली सदस्यहरु गणेश मगर,प्रतीक आचार्य,यमुना वली,शिला वस्नेत,रेखा परियार,कबिर खड्का,सुनिता नेपाली,गोमा गिरी,पुजा सुनार लगायत रहुनु भएको छ।
उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य विराज डिसी,अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, सह संयोजक दिवस क्षेत्री, कार्यालय सदस्य तुलसी उपमहानगरपालिका इन्चार्ज टीका खड्का, कार्यालय सदस्य लक्ष्मण गिरी,कार्यालय सदस्य राजन घर्ती मगर, सचिवालय सदस्य रोहित सुवेदी,प्रजोल बुढा लगायतले सम्बोधन गर्नु भएको थियो।
कार्यक्रमको सहजीकरण लक्ष्मण गिरीले गर्नु भएको थियो।