नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि (विज्ञप्तिसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हस्ताक्षर गरेको बिज्ञप्तिमा उक्त कुराको पुष्टि गरेको हो । बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको र हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना व्यक्तिमा नयाँ प्रजातिको कोरोना देखिएको बिज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुलाई कोरोनाको नयाँ प्रजाती हो वा हैन पत्ता लगाउन हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाती पुष्टि भएको छ ।

रिपोर्ट अनुसार बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ । नयाँ प्रजातीको कोरोना संक्रमणको देखिएको मध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा कुनै लक्षण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस