काठमाडौं । सन्सारको हरेक मान्छेमा फरक फरक फरक गुण, अवगुण र क्षमता हुन्छ । त्यो क्षमता कहाँ कसरी कस्तो ठाउँमा सदुपयोग गर्ने भन्ने अन्योल भएमा मान्छेले आफ्नो क्षमता प्रदर्शन गर्न सक्दैन । आफ्नो क्षमता प्रदर्शन गर्नको लागि आत्मविश्वाससहितको आत्मबल हुनु जरुरी छ र सकारात्मक आत्मबललेनै सकारात्मक सोचार्इमा आफुलार्इ परिणत गरी आत्मविश्वासको साथ आफूलाई दृढताका साथ अगाडी बढाउन सकिन्छ।
जब आफू भित्र रहेको आत्मविश्वास दृढ छ भने सानातिना हलचलले हल्लाउन सक्दैन,छुन सक्दैन। कसैको जालझेलले झुकाउन सक्दैन।जब आत्मविश्वास दरिलो हुन्छ त्यहाँ जस्तोसुकै खराब स्थितिमा निराशा हुन दिँदैन जब आत्मविश्वास हुन्छ दुनियाँ आफै बदल्न सकिन्छ । जसरी पृथ्वीनारायण शाहले आत्मविश्वासका साथ अगाडी बढ्दा नेपाल एकीकरण गरे जङ्ग बहादुर राणाले कोतपर्व जस्तो घटना घटाएर देशको शक्तिशाली प्रधानमन्त्री बने।
त्यसरी नै प्रधानमन्त्री केपी ओलीले आफ्नो क्षमताको प्रदर्शन गर्दैछन् ।चौतर्फी विरोध हुँदा पनि उन्को आत्मबल गिरेको छैन । जसरी सिंहले जस्तोसुकै परिस्थितिमा पनि घाँस खाएर आफ्नो भोक मेटाउँदैन त्यसरिनै केपी ओली छलकपट र अन्यायको लागि लड्ने बाचासहित विरोधी तत्त्वहरूको अगाडी नझुक्ने दृढ विश्वासका साथ अगाडी बढिरहेका छन्।
जसरी घरमा घरमुली बाबा अथवा आमा आत्मविश्वासका साथ अगाडी बढ्दा छर–छिमेकीले छोराछोरीलार्इ कसैले हेप्न सक्दैन । चाहे उसको परिवार गरिब नै किन नहोस् । त्यस्तै देशको प्रमुख भनेको देशको अभिभावक हो । जब देशको अभिभावक उच्च सङ्कल्प लिएर विदेशी शक्तिसँग आँखामा आँखा जुधाएर बोल्न सक्छ,आफ्नो मूल्य मान्यतामा अडिग रहन्छ तब विदेशी शक्तिले पनि हेप्न सक्दैन।
यसको लागि जग बलियो हुनुपर्छ जग बलियो भयो भने कसैले हल्लाउन सक्दैन,यही कसैले हल्लाउन नसक्ने जग केपी ओलीले बनाउँदै छन् । त्यो जग हामीलेनै बनाइदिएको हो र फेरि पनि बनाइदिनु पर्छ । किनकि, हामीलार्इ शक्तिशाली अडिग प्रधानमन्त्री चाहिएको छ । जसले देशको विकाससँगै हाम्रो इज्जत अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्दै विश्वमा हाम्रो देश नेपाल पनि छ भन्ने चिनाउन सकोस् । र, हामी हेपिन, चेपिन नपरोस् र समृद्धिको यात्रामा अगाडी बढ्न सकियोस्।
मिचिएको भूमि नक्सामा राख्दा होस् वा नाकाबन्दी चरम परिस्थितिमा र भगवान् रामको जन्मभूमि अयोध्यापुरी नेपाल चितवनको माडिमानै छ भन्दा होस् शक्तिशाली देश भारतले विरोध गर्दा पनि विरोधको सामना गर्दै आफ्नो अडानबाट पछि नहटेका निडर साहसी केपी ओली आज देश भित्रैका केही तत्त्वहरू विदेशी शक्तिको दुरुपयोग गरी सत्ता उल्टाएर अस्थिरताको बीजारोपण गर्न विदेशी शक्ति डाक्नेदेखि कुनै बहानामा भारत गएर तानाबाना बुन्नेहरूसँग पनि कत्ती विचलित नभै देश र जनताको लागि जनताको नासो जनतामा नै सुम्पी जनताको जनादेशबाट सरकार बनाउन चुनावको मिति घोषणा गर्दै जनतामा जान चुनौती दिँदा चुनावसँग डराएका अस्थिरताबादीहरु छटपटी रहेका छन्।
लोकतान्त्रिक मुलुकमा जनता सार्वभौम हुन्छन् । सार्वभौमसत्ता नागरिकले आफूलाई मन परेको दललार्इ भोट हाल्न पाउनु जनताको नैसर्गिक अधिकार हो र त्यो अधिकार लाई सदुपयोग गरी बहुमत दलले सरकार बनाइ लोकतन्त्रको रक्षा गर्दै देसलाई अग्रगामी गतिमा दौडाउनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर यहाँ देशी विदेशी शक्तिको प्रभावमा सरकारलाइ घेराबन्दी गर्दै विभिन्न दलहरूलाई सडकमा आउन दैलो चाहर्दै र सत्तामा पुर्याइदिन हार९गुहार गर्दै कहिले सडकमा त कहिले बेन्क्युट्मा मान्छे भेला गर्दै छन्,त्यो भेलाले यदि संसद् विघटन अदालतले बदर गर्यो भने पनि के समस्या समाधान हुन्छ त रु समाधान हुन्छ भने कसरी हुन्छ यसको स्पष्ट जवाफ कसै सँग छैन।
सत्ताको लागि राजाको पाउमा मोहोर चढाउने र जनयुद्धको नाममा हजारौँले बलिदान गर्दा प्रभुको चरणमा निदाउनेलाई दुई तिहाइको हैसियत बनाइदिँदा हैसियत बिर्सेर फरक प्रसङ्गमा भनेको बयलगाढाको कथालाई अहिले बयलगाढा भन्दै विरोध गर्नुको कुनै तुक छैन।
छलकपट गर्नेहरूसँग नडराएका चरम परिस्थितिमा पनि नहडबडाएका र तत्कालीन शाही शासनमा पनि जनताको स्वतन्त्रता हकहितका लागि लड्दै जेलनेल भोगेका केपी ओलीको अडान भरोसा र आत्मविश्वास फलाम जस्तो मजबुत र बलियो छ जुन मजबुत र आत्मविश्वासले उन्ले देखेका विकासका सपनाहरूले छ्लाङ्ग अवश्य मार्नेछ र हामी नेपालीहरूको सुखी नेपाली र समृद्ध नेपालको चाहाना पूरा हुनेछ।
इतिहास सामान्य मान्छेहरूको कोरिँदैन,केपी ओलीले आफ्नो आत्मबल र आत्मविश्वासले इतिहास कोर्ने अवसर पाएका छन्।यो अबसरलाइ अबश्यनै उनको आत्मविश्वासले मूर्तरूप पाउनेछ र फलाम जस्तो भनेर होइन बनेर नम्बर ‘वान’ मजबुत हुनेछन्। र नेपालमा सफल राजनेताको रूपमा इतिहासमा कोरिनेछ।