नयाँदिल्ली । भारतको तीनदिने भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा शुरु भएको भेटवार्तामा पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्ति सहभागि हुनुहुन्छ । कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्वपुर्ण सहमति हुने अपेक्षा समेत गरिएको छ ।