बाल मितेरी मा.वि. भोजपुरमा अनेरास्ववियूको भेला तथा कमिटी गठन सम्पन्न

दाङ । अनेरास्ववियू दाङले संगठन विस्तार कार्यक्रम लाई तिब्रता दिएको छ । यसै क्रममा अनेरास्ववियूूले श्री बाल मितेरी मा.वि.भोजपुरको भेलाबाट मदन श्रेष्ठको अध्यक्षतामा ५१ सदस्य माध्यमिक कमिटी गठन गरेको छ।

जसको उपाध्यक्ष-देव बहादुर वली,सचिव-लिला घर्ती मगर,सह सचिव-सुस्मिता वि.क.,कोषाध्यक्ष -प्रदिप चोधरी,संगठन विभाग प्रमुख-विशाल चोैधरी,खेलकुद विभाग प्रमुख-केशव खत्री,महिला विभाग प्रमुख -भावना खड्का ,सदस्यहरु विशाल चोैधरी,सन्तोष चोैधरी,डिल्ली वुढाथोकी,अमृत वली,पुष्पा चोैधरी,कल्पना वस्नेत लगायत रहनु भएको छ।

उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य विराज डिसी, अनेरास्ववियू दाङ संयोजक सर्जन परियार, अनेरास्ववियू दाङ सह संयोजक दिवस क्षेत्री,अनेरास्ववियू दाङ कार्यालय सचिव गोविन्द बस्नेत,अनेरास्ववियू दाङ कार्यालय सदस्य खेमराज डागी,अनेरास्ववियु दाङ कार्यालय सदस्य गणेश खड्का लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण गणेश खड्काले गर्नु भएको थियो ।

अनेरास्ववियू दाङ संयोजक सर्जन परियारले विद्यार्थीका मुद्दामा कुनै हालत कमप्रमाइज गर्न नसकिने र नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी वलीले देशीविदेशी शक्ति केन्द्र हरुलाई नेपाल भित्र चलखेल गर्न बाट रोकेको र त्यो कुरा प्रचण्ड माधब लाई मन नपरेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस