काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।
गायक प्रमोद खरेललगायत केही कलाकारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। परिसरका डिएसपी प्रेम विष्टका अनुसार गायक खरेललगायतले आइतबार उजुरी दिएका थिए।
उनीहरुको उजुरीका आधारमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष रेग्मीलाई सोमबार पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।