काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको नेपालको आफ्नो भूभाग हाम्रो हो भन्दा बिदेशीसँगको सम्बन्ध नबिग्रिने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुमधुर सम्बन्धका लागि सधै चुप लागेर बस्न नसकिने बताउनुभयो ।उहाँले भन्नुभयो, हामीले अर्काको भूमिमा दाबि गरयौ भने सम्बन्ध बिग्रिन्छ । हामीले हाम्रो भूमि दाबी गरेको हो त्यस कारण हाम्रो सम्बन्ध बिग्रिदैन् ।
उहाँले भन्नुभयो, ९२/९३ बर्षदेखि खेतको शिरानबाट पानी लगिएको छ । हाम्रो भुमि बाझै छ । त्यो भुमिका सिचाइ हुनुपर्छ भनेर बोल्न नसक्ने ? त्यो भुमिमा सिँचाइ हुनुपर्छ भनेर वार्ता गर्दा सम्बन्ध बिग्रिन्छ ?
केहि मानिसलाई लागेको थियो लिम्पियाधुरा, लिपुलेक, कालापानी सामेल गरेर नक्सा जारी गरेपछि सम्बन्ध बिग्रन्छ भन्ने थियो तर होइन हाम्रो आफनो भूमिमा दाबि गर्दा सम्बन्ध बिग्रिदैन । १४६ बर्षसम्म हामीले भोगचलन गरेको तर गत ५८ बर्षदेखि हाम्रो भूभाग भारत र चीनको लडाइँका बेला भारतको फौज कालापानीमा आएर बस्यो नेपालका शासकहरु बोल्न सकेनन् ।
सुँगौली सन्धिभन्दा पछि १४६ बर्षसम्म हामीले उपभोग गरेको हाम्रो भूभाग हाम्रो नक्साबाट पनि गायब पारिएको थियो त्यस कारण हामीले हाम्रो नक्सामा राख्यौ । मित्रता पूर्वक तथ्य प्रमाणका आधारमा छलफल भइरहेको छ, र हामी त्यो भुभाग कायम गरेर छोड्छौ ।
उहाँले भारतसँग आफूले साँचो अर्थमा मित्रता बढाउन चाहेको पनि बताउनुभयो । ‘म भारतसँग साँचो अर्थमा मित्रता बनाउन चाहन्छु, नयाँ अर्थमा उचाइमा पुर्याउन चाहन्छु, वास्तवमा मनदेखिको मित्रता चाहन्छु ।’
‘हाम्रो भूभाग हामीले प्राप्त गरेर हडपिएको छ भने बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने, सीमासम्बन्धी समस्या छ भने हामीले खुला छलफल गर्दा भारतसँग नजिक भयो भन्ने,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले हाम्रा भनाइहरु प्रस्तुत गर्नुपर्छ, चुप लागेर बस्नुहुँदैन, त्यसकारण भारतसँग छलफल हुन्छ ।’