दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुर को सयुक्त आयोजना मा संचालित खेलकुद सप्ताह को सनिवार एक कार्यक्रम बिच समापन गरिएको छ ! स्वास्थ्य, शिक्षा र खेलकुद लगाएत सामाजिक सेवा कार्यमा समर्पित उक्त संस्था ले आफ्नो वार्सिक कार्यक्रम अनुसार खुला ब्याडमिन्टन,मैत्रीपूर्ण फुटसल र क्रीकेट को आयोजना गरेको थियो !
जस अन्तरगत खुला ब्याडमिन्टन प्रतियोगितामा मोहन भण्डारी र किशोर चौधरी को जोडि प्रथम भएको छ ! फाइनलमा नितन गुरुङ र क्षेत्र भण्डारी को जोडि लाई २१-१३,२४-२२ र २१-१८ अर्थात २-१ को सेटमा पराजित गर्दै मोहन र किशोरको जोडिले प्रथम स्थान हासिल गर्न सफल भएको हो ! त्यस्तै मैत्रीपुर्ण फुटसलमा रोटरी क्लब अफ तुलसिपुर सिटी प्रथम भयो ! फाईनलमा रोट्र्याक्ट क्लब अफ तुलसिपुर लाई सुन्यका बिरुद्ध १ गोल अन्तरले पाखा लगाउदै रोटरी क्लब प्रथम भएको हो !
त्यसैगरी मैत्रीपुर्ण क्रीकेट मा रोटरी क्लब प्रथम भएको छ ! फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रोट्र्याक्ट ले दिएको १ सय ५९ रन को बिजयी लक्ष्य रोटरी ले १४ ओभर मा भेटाउदै ६ बिकेट ले बिजयी हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ! यसैबिच खेलकुद सप्ताह को समापन समारोह रोटरी क्लब अफ तुलसिपुर सिटि का अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा रोटरी क्लब का ड्रीस्टिक थ्रीटु नाईन टु कुशल तर्ताल को प्रमुख आतिथ्य मा भएको थियो !
कार्यक्रममा रोटरी क्लबका पास्ट प्रीसिडेन्ट तुफान बाबू श्रेष्ठ , अनुप कुमार श्रेष्ठ , लगाएतकाले बोल्नु भएको थियो ! रोट्रयाक्ट क्लब तुलसिपुर का अध्यक्ष प्रमिस लामिछाने को स्वागत रहेको कार्यक्रममा बिजेता खेलडी हरु लाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो !
कार्यक्रमको संचालन रोटरी क्लब अफ तुलसिपुर सिटि का महासचिव देबेन्द्र केसि ले गर्नु भएको थियो !