ओलीको कदमविरुद्ध प्रचण्ड–नेपाल पक्षले माघ २३ गते काठमाडौंमा १ लाख मानिस उतार्ने

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आगामी माघ २३ गते आन्दोनकाते तयारी गरेको छ । माघ २३ गते गर्ने आन्दोलनमा काठमाडौंमा १ लाख मानिस उतार्ने सोही पार्टीका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् ।

शनिबार नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् ।

सर्वोच्च अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अधिकार दिएको भन्दै सर्वोच्च अदालतले केही गर्ला भनेर भन्न नपर्ने भन्दै संविधान विपरित गएर निर्णय भएमा त्यसवेला संविधानको कुनैपनि धारा काम नलाग्ने बताए । तर उनले जनताको खवरदारी आवश्यक रहेको भन्दै संसद विघटनको निर्णय खारेज भएर प्रतिनिधि सभा सुचारु नभएसम्म संघर्ष नरोकिने बताए ।

प्रतिक्रिया दिनुहोस