कांग्रेस चुनावमा जान्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले मध्यावधिमा जाने प्रधानमन्त्र केपी शर्मा ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने बताएका छन् ।

तर उनले ओलीले चुनाव गराउँछन् भन्नेमा शंका रहेको बताए । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनको सम्बोधनका क्रममा देउवाले ओलीको कदम प्रजातन्त्र र संविधान विरुद्धको कदम हो भने ।

देउवाले सम्बोधनका क्रममा सर्वोच्चमा विचाराधीन मुद्दामा बोल्ने कुरै नरहेको भनेर अभिब्यक्ति दिइरहँदा उपस्थित दर्शक तथा शुभेच्छुकहरुले विरोध जनाएका थिए ।

कार्यक्रममा उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’

प्रतिक्रिया दिनुहोस