दाङ । दाङको तुलसीपुरमा हिजो बिहीवार देखि खुला भलिबल प्रतियोगिता २०७७ सुरु भएको छ ।
स्वतन्त्र युवा क्लब तुलसिपुर ६ राजापुरको आयोजनामा तुलसिपुर अरनिको मैदानमा संचालित प्रतियोगिता को उद्घाटन गण्डकी प्रदेश सभा सदस्य माननीय सासद राजिव गुरुङ (दिपक मनाङे ) ले गर्नु भएको हो ।
स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा शसस्त्र प्रहरी बल APF प्रदेश न ५ ले बिजयी सुरुवात गरेको छ ! उद्घाटन खेलमा ग्रेट अरनिको माबी तुलसिपुर लाई २५-१२ र २५- २३ को सोझो सेटमा पराजित गर्दै शसस्त्र प्रहरी बल प्रदेश न ५ ले बिजयी सुरुवात गरेको हो ! प्रतियोगिता अन्तरगत सुक्रबार सिद्ध कुमाख र सुस्ता नवलपरासी त्यस्तै द ब्रेभ गोरखा ट्रेनिङ सेन्टर घोराही १५ र राप्ती बबई क्याम्पस तुलसिपुर भिड्नेछन् ! खेल बिहान ८ बजे देखि हुनेछ !
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजित प्रतियोगिता को बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने आयोजक ले जानकारी दिएको छ ! तीन दिन सम्म चल्ने प्रतियोगिता मा २१ टिमको सहभागिता रहेको छ ! प्रतियोगिता अबधिभर रेफ्री को भुमिका मा भलिबलका रास्ट्रीय रेफ्री हरिश ओलि र भलिबलका सहायक प्रशिक्षक भिम डागी,लगाएत रहनु भएको छ !
यसैविच प्रतियोगिताको उद्घाटन समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य माननीय सासद राजिव गुरुङ (दिपक मनाङे ) को प्रमुख आतिथ्य एवं अन्तरास्ट्रिय खेलाडी जनक कुमार बाठा मगर जेके को बिशिस्ट आतिथ्य मा भएको थियो ! सो अबसरमा कार्यकमका बिशिस्ट अतिथी अन्तरास्ट्रिय खेलाडी जनक कुमार बाठा, गण्डकी प्रदेश सभा सदस्य माननीय सासद राजिव गुरुङ (दिपक मनाङे ) का स्वकिय सचिब रोनित गुरुङ ले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो !प्रतियोगिताका संयोजक एच आर मगरको स्वागत रहेको कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो !