काठमाडौं । मधेशको युवाको सबैभन्दा ठुलो समस्याको रूपमा नागरिकता रहेका छन। मधेसका लाखौं युवाहरू अहिले पनि नागरिकता बिहिन छ्न। अहिलेको परिवेशमा नागरिकता बिना मानिस अनागरिक सरह नै हुन्छ्न। जागिर गर्नहोस,नेपालमा भबिष्य नदेखेपछि बिदेशिनको लागी होस, पसल खोल्नहोस, loan लिनहोस, घरजग्गा किन्न होस,उच्च शिक्षा हाशिल गर्न बिदेश जान होस, इत्यादि जुनसुकै कामको लागी पनि नागरिकता नभई हुदैन। नेपाल सङ्ग भारतको रोटिबेटीको सम्बन्ध भएकाले बिहेबारी पनि दुबै देशका नागरिक बिच हुनु स्वभाबिक हो।तर आमाको अङ्गिकृत वा जन्मसिद्ध नागरिकता भएकै कारणले लाखौं युवाहरु जिल्ला प्रशासन कार्यलय धाउदा धाउदै हरेश खाएर जिन्दगी बर्बाद गर्न बाध्य भएकाछन। हाम्रो देशको संबिधानले जे अधिकार नागरिकता सम्बन्धी दिएका छन। त्यो अधिकार पनि मधेसका जनताले पाइरहेका छैनन। केन्द्र सरकार,प्रदेश सरकार बिचको तानातानले प्रमुख जिल्ला अधिकारि हरु पनि नागरिकता दिन सकेका छैन। आखिर कहिले सम्म मधेसका युवाहरुले नागरिकता बाट बन्चित हुनुपर्ने??
म मधेसका जिल्लाहरु भ्रमण गर्ने क्रममा धेरै गाउका युवाहरुको मुख्य समस्या नागरिकता नै रहेको पाए। बिषेश गरि भारत र नेपालको सिमानाको छेउछाउमा यस्ता समस्या धेरै रहेका छन। कतिको बाउबाजेको नै नागरिकता छैन। कसरी नागरिकता पाइनछ भन्ने ज्ञाननै छैन। समस्या जटिल छन तर यसप्रती सरोकार बालाहरुको ध्यान नै गएका छैनन।
हाम्रो देश पछाडी पर्नुको मुख्य कारन युवाहरुको सीप,दक्षता, बौद्धिकता, कला, दुरदर्शिता इत्यादि कुराहरुलाई सदुपयोग नगर्नु नै हो। नागरिकताको समस्यालाई सामाधान गर्न सकेन भने मधेस बिकास हुदैन। यदि मधेस बिकास भएन भने देश बिकास हुँदैन ।त्यसैले सबै मिलि सोचौं र देश निर्माणका निम्ति लागौं।