पार्टीको खाताबाट ३० लाख हिनामिना गरेपछि भीम रावललाई कारबाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । पार्टीको खाताबाट ३० लाख नगद हिनामिना गरेकोमा भीम रावललाई कारबाही गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत थापाले भन्नुभएको छ,–रावललाई कारबाही गर्दै नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ।

प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको हो ।

सुदुरपश्चिम प्रदेश संयोजकमा नेकपाले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस