अब चलचित्रको डाइरेक्सनमा लाग्छु : महानायक राजेश हमाल

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले अब आफुँपनि चलचित्रको डाइरेक्सनमा लाग्ने बताउनुभएको छ । नेपाल टेलिभिजनबाट प्रसारण भएको मुन्द्रेको कमेडी सोमा कार्यक्रमकी अध्यक्ष करिश्मा मानन्धरले चलचित्रको नायक देखि बाहेक अरु के गर्ने सोच छ ? भन्ने प्रश्नमा नायक हमालले आफुपनि डाइरेक्सनमार्फत चलचित्र क्षेत्रममा सक्रिय रहने बताउनुभएको हो । नायिका करिश्मासँग ठट्यौली गदै नायक हमालले भन्नुभयो, ‘तपाई भर्खरै १९ बर्ष पुग्नुभयो, मैले बनाउने चलत्रिमा २१ बर्षकी हिरोइन चाहिएको छ, तपाई धेरै योङ्ग हुनुभयो । तर म तपाईलाई दुईबर्ष कुर्छु है ।’ राजेशले करिश्मालाई यति भनपछि हलभित्र हाँसो गुन्जिएको थियो ।

प्रतिक्रिया दिनुहोस