केपि ओलि कम्युनिस्ट आन्दोलनका कंलक : नेता भण्डारी

दाङ । तत्कालीन अखिल ( क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा अनेरास्ववियूका प्रभाबसाली नेता तिलक राज भण्डारिले केपि ओलि कम्युनिस्ट आन्दोलनको कलंक भएको बताउनु भएको छ ।

अनेरास्ववियू दाङ्गको अगुवा कार्यकर्ता भेला तथा प्रसिक्षण कार्यक्रमलाई सम्बोदन गर्दै नेता भण्डारीले ओलीले देश र जनताको लागि अपराध गरेका कारण दिनगन्ती सुरु भएको बताएका हुन् ।

नेता भण्डारीले भने ओलीले संसद विघटन गरेर जनमतको अपमान मात्रै गरेनन नेपाली कम्युनिस्ट आन्दोलनको पनि बदनाम गरेका छन । त्यसको जनताले उचित जवाफ दिनेछन् । देश कोरोना संकटमा रहेको समयमा जनताको स्वास्थमा ध्यान केन्द्रीत गर्नुपर्ने समयमा संसद विघटनको नाटक गरेर देश जनता र कम्युनिस्ट आन्दोलन प्रति गम्भीर अपराध गरको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता भण्डारिले शान्ति र समृद्धिको अभियान सहित अगाडि बढेको कम्युनिस्ट आन्दोलन ओलीले प्रतिगमन तर्फ फर्काउने प्रयास गरेकाे भण्डारीकाे तर्क थियाे । भण्डारीले ओलीको असंवैधानिक कदमको हरेक युवा बिधार्थिले प्रतिवाद गर्नु पर्ने बताए डाँगिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश शर्माले गर्ने भएको थियो।

साथै भेलाले अनेरास्ववियू दाङ्गका सह संयोजक सर्जन परियारलाई पदमुक्त गर्दै रबिन्द्र डाँगिलाई अनेरास्ववियू दाङ्गको सह संयोजकको रुपमा जिल्ला पार्टी कार्यालय दाङ र अनेरास्ववियू केन्द्रिय समितिमा सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस