दाङमा लाग्याे केपी ओली जिन्दावादकाे नारा

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली पक्षले दाङमा प्रदर्शन गरेको छ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत दाङ आएका छन्।

प्रधानमन्त्री ओलीकाे समर्थनमा राष्ट्रिय युवा संघ नेपालले र्‍याली निकालेकाे हाे । र्‍यालीमा सहभागी युवाहरुले केपी ओली जिन्दावाद, आज हाेइन भाेलिलाई हाम्राे साथ ओलीलाई, सूर्य चिन्ह हाम्राे हाे, नेकपा जिन्दावाद लगायतका नारा लगाएका छन् ।

प्रतिनिधि सभा विघटन गरेर जनतामाझ जाने प्रधानमन्त्री ओलीकाे निर्णयकाे उनीहरुले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस