दिनेश घिमिरे/काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल एक अस्थिर राजनीतिका पर्याय हुन् । भनिरहनु नपर्ला उहाँ राजनीतिको असफल खेलाडीसमेत हुन् ।
पद र कुर्सीका लागि माधव नेपालले गर्ने ‘मरिहत्ते’ र गल्तीका अनगिन्ती श्रृखंलाहरुलाई बुझ्ने हो भने माधव नेपाल कति पदलोलुप,ढोगी र अवसरवादी छन् पुष्टि गर्न गाह्रो छैन ।
लामो समयसम्म अर्थात् १५ वर्ष नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गर्न पाउनुभएका नेपालले त्यो अवधिमा झन्डै झन्डै नेकपा एमालेलाई ‘कोल्याप्स’ कै अवस्थामा पुर्याउनु भएकै हो ।
कमरेड मदन भण्डारीको नेतृत्वमा उदाउँदै र झागिंदै गएको पार्टी मदनको निधनसँगै यिनै नेपालको हातमा पुग्यो । सांगठनिकरुपमा दरिलो र बैचारिकरुपमा खँदिलो बनेको नेकपा एमालेलाई यीनले आफ्नो कार्यकालमा तहस नहस मात्र बनाएनन् साङ्गठनिक र वैचारिक दुवै दृष्टिले धूलिसाथ बनाउन भ्याए ।
निर्वाचनमा भोगेको सर्वनाश पराजय र ‘लिङ्ग’ नै नछाडिएको पार्टीको रूपमा पार्टीलाई पुर्याउने पार्टीको प्रमुख नेतृत्वकर्ता माधव नै हुन् ।
राजाको शासनकालमा कुर्सीमोहका लागि उहाँले प्रधानमन्त्री पदका लागि प्रतिगमन आधी सच्चियो भन्दै आन्दोलनमा गइरहेको पार्टीलाई बीचबाटोमै छोड्न पनि भ्याउनुभो । दरबारमा प्रधानमन्त्रीको लागि विन्तीपत्र चडाउनपनि उहाँलाई अलिकति पनि लाज लागेन । आज यहीँ पदका लागि फेरी पार्टी फोर्न माधवलाई के को लाज ।
राजाको खुट्टामा दाम राखेर ढोग्दै हिँड्ने यी माधवले प्रधानमन्त्री बन्न कै लागि आमाको किरिया समेत नबसेको कुरा त्यतिखेरै पढ्न पाइन्थ्यो । कम्युनिस्ट नेता भएकाले अरूले बदनाम गर्न लगाएको आरोप हो भन्ने लाग्थ्यो । उहाँले पुरानो संस्कारलाई रुचाउनुभएन होला भन्नेपनि ठानियो । किरिया बस्नु या नबस्नु यो उहाँकै नीजि बिचारको कुरा होला यो विषयमा उहाँलाई नमुछौ । तर विरोधीले उहाँको विरोधमा फाल्ने यी अस्त्र अहिले कता कता हो झै लाग्दैछ । समयक्रमले देखाउँदैछ, माधव कुर्सीका लागि कुन हदसम्म जान सक्छन्, गिर्न सक्छन् र के चाहिँ गर्दैनन् भनेर ।
नेता नेपाल पद र कुर्सीका लागि कतिसम्म गिर्न सक्दा रहेछन् भन्ने अर्को उदाहरण हो पछिल्लो समय नेकपाको एकता महाधिवेशनलाई रोक्न गरिएको कसरत । माधवलाई थाहा थियो एकता महाधिवेशनले उनको सपना पुरा हुने छैन । महाधिवेशनले नत उनको अध्यक्ष बन्ने बाटो खुल्ने थियो नत कुर्सीमा जाने बाटो नै । त्यसैले उनले पार्टी फोडेर जाँदा नै आफ्नो सुनिश्चितता देखे र गुटबन्दीमा लागिरहे ।
आफ्नो मिसनका लागि नेपालले लामो समय गुटबन्दीमै बिताए र अनेक तिकडम र जालझेल गरेर ओलीलाई असफल पार्न खोजे ।
प्रधानमन्त्री र अध्यक्षमध्ये एक रोज्न भन्दै गरिएका दर्जनौँ हमलापछि पनि जनतामाझ लोकप्रिय बन्दै गइरहेका ओलीलाई बदनाम गराउन अनेकौँ प्रयासहरू भए ।
आफ्नो स्वार्थका लागि नैतिकता र सिद्धान्तलाई नै धूलिसाथ गर्ने नेपालले थप दुई स्वार्थीहरूलाई सत्ताको लोभ बाँडे । प्रचण्डलाई पार्टी अध्यक्ष, झालनाथलाई राष्ट्रपति र आफूलाई प्रधानमन्त्रीको भागबन्डामा लोभाए । अन्ततः यीनले पार्टी फोटेर गुटको अध्यक्ष हुने कुंसित मनसाय पुरा गरेका कुरा घाम जत्तिकै छर्लङ्ग छैन र ?
०६३ सालको निर्वाचनमा पार्टीलाई सर्वनाक हार व्यर्होने ठाउँमा पुर्याउने र स्वयं आफू दुई दुई ठाउँबाट हारेर पत्तासापहुँदा समेत उहाँमा प्रधानमन्त्री हुने हुटहुटी जागिनै रह्यो र उहाँले बिना लाज प्रधानमन्त्री बनेरै छोड्नु भयो ।
प्रधानमन्त्रीका लागि जस्तोसुकै बुर्कुसी मार्ने माधवको नयाँ मोडल हो अहिलेको रिर्हलसल ।
भनिरहनु नपर्ला माधव नेपाल पार्टीको अध्यक्ष हुनेकै लागि यसअघि एमाले हुँदाको बखत पार्टीको विधानले दुई कार्यकालभन्दा बढी अध्यक्ष(पार्टी नेतृत्व) भएको व्यक्तिलाई अध्यक्षमा उठ्न नपाउने विधानलाईसमेत उलङ्घन गरेर तेस्रो पटक त खानु नै भो चौथो पटक पनि महाधिवेशनमा उम्मेदवार बन्नुभएको थियो । अधिवेशनमा माधवको हारकै कारण पार्टी नेतृत्व ओलीमा पुग्यो । ओलीको नेतृत्वमा बिलाइसकेको पार्टी विशाल मात्र बनेन त्यही विशाल पार्टीको वरिष्ठ नेता बनिरहन माधवले पाउनुभयो । पार्टीका नाउँमा सत्ता र कुर्सीको स्वाद चाखिरहने माधवलाई देश बन्नु या नबन्नुले के फरक पार्थ्यो । पार्टी बन्नु या नबन्नु यो उहाँको चाहाना भित्रै पर्दैनथ्यो ।
त्यसैले त माधव नेपाल यत्तिखेर पार्टी अध्यक्ष बन्नैका लागि बनेको विशाल पार्टीलाई फोर्नेका ममा लाग्नुभयो । यस पटक नेपालीहरुको कहिल्यै नउठेको स्वाभिमान केपी नेतृत्वको सरकारले उठाएको थियो । अनगिन्ती सर्वद्घिका सपनाहरू मुर्झाएका थिए । मिचिएको भूमिको कुरा निर्भीकतासाथ उठेको थियो र छाडिएको भू–भागसहित चुच्चे नक्सा जारी भएको थियो ।
पार्टीका सारा लोभीपापीहरुलाई अँगालो हालेर राष्ट्रियता, जनजीविका र संवृद्धिका पक्षमा निरन्तर लागिरहनुभएका अध्यक्ष ओली माथि निरन्तर विष बमन गर्दै कुर्सी दौडका लागि भौँतारिने यी माधव र यीनको झुन्ड यत्तिखेर सडकमा पुगेको छ ।
सडकमा पुगेर हामी यहाँ छौ भन्दै रुन्चे स्वरमा कराइरहेका यी माधवसँग ६ महिनापछि हुन् लागेको चुनावमार्फत जनतामा जाने हिम्मत छैन । चोर बाटोबाट पदमा पुग्न पारङ्गत माधव यत्तिखेर संसद् व्युताएर कुर्सीमा पुग्न चाहन्छन् । यिनलाई कसैले भन्दिहोस् अब ताजा जनादेश बाहेक सत्तामा जाने यो भन्दा जनपक्षीय र लोकतान्त्रिक विधि हामीसँग अर्को छैन ।
डेढ वर्षदेखि गरिएका कथित प्रयासहरूको ऋखंला पार्टी विभाजनकै लागि थियो । पार्टी विभाजन प्रधानमन्त्री बन्नका लागि नै हो । दाम राखेर ढोग्न त पछि नपर्ने माधवलाई पार्टी फोरेकोमा कुनै लाज र हीनता नहोला नै । आफ्नो स्वार्थका लागि नेकपालाई विभाजन गर्ने यी धूर्तलाई इतिहासले धिक्कार्ने त छदैछ बर्तमानमा भने यीनको बेइमानीले मुलुकले ठुलो घाटा बेहोर्ने नपरोस् ।