प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलन गर्ने प्रचण्ड-नेपाल पक्षको महोत्तरीबाट चेतावनी (फोटो फिचर)

महोत्तरी । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा महोत्तरीले जलेश्वरमा विशाल जनप्रदर्शन गरेको छ । प्रचण्ड- माधव नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत जनकपुरधाममा गाउँ-गाउँबाट र्‍यालीसहित आएकाहरु प्रदर्शनकारीले जलेश्वर तताएका थिए ।

   

महोत्तरीको विभिन्न नगर तथा गाउँबाट आएका र्‍याली जलेश्वरमा  जम्मा भइ नगर परिक्रमा गरेका थिए । जहाँ केन्द्रीय नेता सहित प्रदेश र जिल्ला इन्चार्ज सहितका नगर कमिटीका नेताको व्यापक सहभागीता थियो ।

विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको उपहास गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओली निरंकुश शासक बनेको नेताहरुले आरोप लगाए । संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले गरेको विराध प्रदर्शनमा राजु खड्काले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए । उनले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस