काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकासहित देशैभरी सो समूहले प्रदर्शन गर्न लागेको हो।
काठमाडौं उपत्यकाको बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्कने तथा युवा संघले बागबजारबाट र अनेरास्ववियूले घन्टाघरबाट जुलुस निकाल्ने तयारी गरेको प्रचण्ड नेपाल समूहले जनाएको छ । सबै जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गरेपछि उनको कदमको विरोध जनाउँदै प्रचण्ड-नेपाल समूहको नेकपालगायत अन्य दलहरु आन्दोलनरत छन् ।