काठमाडौं । हिन्दु धर्मशास्त्रमा पञ्चखतलाई क्षमा दिइदैन अर्था्त पञ्चखत बर्जित छ । जस्ले पञ्चखत (पाँच महाअपराध) गर्छ त्यस्ले महाअपराधिको भागी हुनैपर्छ । गणतन्त्र ल्याउन पञ्चखत गरिएको हुँदा गणतन्त्र ल्याउनेहरु मात्र हैन कि स्वयं गणतन्त्र पनि अपराधको भागी हुने दिन नजिकिदै छ अर्थात् गणतन्त्र धरापमा छ ।
पञ्चखत भन्नाले गद्दीमा बसेको राजा मार्नु, व्यासमा बसेको पण्डित मार्नु, किरियापुत्री मार्नु, खौल्लामा परेकी सुत्केरी मार्नु र गाई मार्नु पर्दछ । २०५१ देखि २०६१ का बीचमा गद्दीमा बसेका राजा वीरेन्द्रको समुल वंश नाश गरियो, व्यासमा बसेका पण्डित नारायण पोखरेलको बुटवलमा हत्या गरियो, कैयौं किरियापुत्री मारियो, कैयौं सुत्केरी मारिए र सैयौं गौमाता (गाई) को हत्या गरियो ।
अपराधको सीमा नाघेपछि जोसुकै अपराधीहरुले सजाय पाउँछन् र पाएका पनि छन् । यस्तै कुकृत्य गर्ने कैयौं दानवहरु सत्य, त्रेता र द्वापर युगमा मारिएका छन् । परापुर्वकालमा मात्रै हैन कि अहिलेको कलियुगमा पनि अपराधीहरुले दण्ड पाएका छन् । चाहे हिटलर हुन्, चाहे मुशोलिन हुन्, चाहे गद्दाफी हुन्, चाहे सद्दाम हुन् वा चाहे विन लादेन नै किन नहुन् उनीहरुले आफ्नाे अपराधको दण्ड पाइसकेका छन् । अपराधको लेखाजोखा गर्ने अलग्गै हुन्छन् । जस्ले अपराधको लेखाजोखा गरेको हुन्छ त्यसैले नै अपराधीलाई सजाय दिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले सिसुपालको अपराधको गणना गरेर बसेका थिए । जब अपराधले सीमा नाघ्यो अर्थात् १०१ अपराध भयो तप सिसुपाल मारिए ।
अब उनका पक्षमा मध्यरातमा अर्काको श्रीमती बलात्कार गर्न जाने कृष्णबहादुर महरा, अर्काको घरपरिवार भताभुंग पारी अर्काको श्रीमतीसंग रासलिला गर्ने नारायणकाजी श्रेष्ठ, क्यान्टोनमेनमा अराबौंं घोटाला गर्न सघाउने वर्षामान पुनहरुमात्र रहनाले अब उनी प्रचण्डबाट पुष्पकमल दाहाल हुँदै छविलाल दाहाल भए पनि आश्चर्य नमाने हुन्छ । किनकि अख्तियारमा अरबौं भ्रष्टचारको फाइल जुन दिन खोलिन्छ त्यही दिनबाट उनी पुनर्मुषिक भव अर्थात् पुन छविलाल नहोलान् भन्न सकिन्न ।
यी ५ महाअपराध सहित सैयौं अपराधका नाइके पुष्पकमल दाहाल उर्फ प्रचण्डले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अपराधको सजाय भोग्दैछन् । सोही अपराधका कारण उनले सबैभन्दा ठुलो शोक सन्तान शोक व्यहोर्नु पर्यो । सन्तान शोकलाई नै सबैभन्दा ठुलो शोक मानिन्छ । उनले आप्mना एकमात्र छोरा र एक छोरी गुमाउनु परयो । हुन त उनकै निवासमा उनको छोरा प्रकाशको मृत्यु पनि शंकास्पद नै छ । छोरीपनि कैयौं दिन थलिएर मरिन् । अहिले उनकी श्रीमती सीता दाहाल काठको मुडो सरी छिन् । शायद भगवानले उनलाई पहिलो किस्ता स्वरुपम यो सजाय दिएको हुनु पर्छ ।
१७ हजारको आँशुले पालेको पनि हुनुपर्छ । त्यस्तै “हिजो आदेश देउ प्रचण्ड लड्न हामी तयार छौं” भन्नेहरु आज पाए प्रचण्डनै मार्ने दाउ कुरीरहेका छन् । आप्mना सहयोद्धाहरु गुमाउँदै छन् । उनका गुरु मोहन बैद्य, सहयोद्धा बाबुराम भट्टराई, रामबहादुर थापा बादल, विप्लव, गोपाल किराँती, पोष्टबहादुर बोगटी, प्रभु साह, मणि थापा, लेखराज भट्ट लगायतले उनको साथ छोडिसकेका छन् ।
अब उनका पक्षमा मध्यरातमा अर्काको श्रीमती बलात्कार गर्न जाने कृष्णबहादुर महरा, अर्काको घरपरिवार भताभुंग पारी अर्काको श्रीमतीसंग रासलिला गर्ने नारायणकाजी श्रेष्ठ, क्यान्टोनमेनमा अराबौंं घोटाला गर्न सघाउने वर्षामान पुनहरुमात्र रहनाले अब उनी प्रचण्डबाट पुष्पकमल दाहाल हुँदै छविलाल दाहाल भए पनि आश्चर्य नमाने हुन्छ । किनकि अख्तियारमा अरबौं भ्रष्टचारको फाइल जुन दिन खोलिन्छ त्यही दिनबाट उनी पुनर्मुषिक भव अर्थात् पुन छविलाल नहोलान् भन्न सकिन्न ।
डाका भन्दा चोर नै ठीक । निगरानी बढाएर चोरी त घटाउन सकिन्छ तर डाकालाई त सकिन्न नि । त्यसैले ओली हटेर पुष्पकमल, माकुने र झलनाथ आउनु भनेको पनि चोरलाई लखेटेर डाका भित्र्याउनु जस्तै हो । त्यसैले ओलीले डाका आउने जुन मार्गनै भत्काए त्यसलाई सबैले स्वागत गर्नु आवश्यक छ । डाका आउने मार्ग नै भत्काउने ओलीको साहसिक कदमलाई मान्नै पर्छ ।
प्रचण्डका साथमा अहिले एकताका एमालेलाई “न पोथी न भाले नेकपा एमाले” को पगरी थमाएका, दुवै ठाउँबाट चुनाव हार्दा पनि प्रधानमन्त्री हुनैपर्ने, महाधिवेशनबाट हार्दा पनि अध्यक्ष नै हुनुपर्ने पदलोलुप, बालुवाटारको जग्गा नै बेच्नेका नाइके माधवकुमार नेपाल जस्का बिरुद्ध अख्तियारमा उजुरी पनि छ । उनीपनि प्रचण्डसंगै कार्वाहीमा नपर्लान् भन्न सकिन्न । त्यस्तै ७२ करोड खर्च गरेर सर्प खेती गरेर विभिन्न जातका सर्प चिनेका सर्प नचाउदै हिड्ने सफेरा जस्ले गोमन सर्पलाई नचाउन सकेनन् यस्ता सफेराबाट प्रचण्ड कसरी अगाडि बढ्लान् ? यदि सफेराले सर्प नचाउन सकेन भने त्यो सर्पले सफेरोको कुन दशा गर्ने हो सजिलै अनुमान लगाउन सकिन्छ । किनकि झलनाथ खनालले प्रम ओलाीलाई गोमन सर्पको उपनाम दिइसकेका छन् । अब गोमन सर्प नचाउने मन्त्र नपाएका झलनाथलाई गोमनले ७२ करोडरुपी विष कसरी छोड्छ प्रतीक्षाकै विषय छ । यो प्रचण्डको लागि अपराधको दोस्रो सजाय पनि हुन सक्छ ।
यी माथिका व्यक्तिहरुलाई दानवीकरण गरेर प्रम ओलीलाई देवत्वकरण गर्न खोजिएको भने पक्कै हैन । दुबै खराब मध्ये को बढी खराब भन्नेले बढी महत्व राख्छ । एउटा खराब हटाएर अर्को महा खराब ल्याउनु भन्दा खराबै राख्दा कम नोक्सानी हुन्छ । डाका भन्दा चोर नै ठीक । निगरानी बढाएर चोरी त घटाउन सकिन्छ तर डाकालाई त सकिन्न नि । त्यसैले ओली हटेर पुष्पकमल, माकुने र झलनाथ आउनु भनेको पनि चोरलाई लखेटेर डाका भित्र्याउनु जस्तै हो । त्यसैले ओलीले डाका आउने जुन मार्गनै भत्काए त्यसलाई सबैले स्वागत गर्नु आवश्यक छ । डाका आउने मार्ग नै भत्काउने ओलीको साहसिक कदमलाई मान्नै पर्छ । उनमा अझै हिम्मत छ भने क्यान्टोनमेन्टको भ्रष्टचार, बालुवाटार प्रकरण, सर्प पालन लगायतका अख्तियारमा अड्किएका थुप्रै फाइल खोल्न मद्दत गरुन् प्रम ओलीको नाम इतिहासमा सुनौलो अक्षरले लेखिने छ । त्यसो भयो भने ओलीले अन्जानका गरेका अपराधबाट मोक्ष पाउनेछन् ।
यस्तो अवस्थामा राष्टपति शासन लगाउने कि , सैनिक शासन लगाउने कि फालिएको राजा ल्याउने हो समयले निर्धारण गर्नेछ । किनकि छरिएर रहेका राजावादीहरु पनि अहिले एकत्रित हुँदैछन् ।
संसद विघटन पनि निकै रोइलो गरिएको छ । मानौं नेपालमा पहिलो पटक संसद विघटन गरिए जस्तो गरिदै छ । २०५१ सालामा बहुमतको सरकारका प्रम गिरिजा प्रसाद कोइरालाले पनि संसद विघटन गर्नुभएको थियो । पछि मनमोहन अधिकारीको अल्पमतको सरकारले पनि संसद विघटन गरेको थियो । गिरिजाको बहुमतको सरकारले गरेको संसद विघटनले मान्यता पायो भने अल्पमतको मनमोहन अधिकारीको सरकारले गरेको विघटनले मान्यता पाएन । अर्थात् २०५२ भदौ १२ गते अदालतले संसद व्युँतायो । पछि बहुमतको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसद राजालाई बुझाए पछि आन्दोलनको दबावमा पछि राजा ज्ञानेन्द्रले आप्mनो राजकीय शक्तिले मरेको संसद व्युताए ।
सायद अहिले राष्टिपतिमा त्यो अधिकार पनि छैन । राष्टपति सेरोमोनियल हो । त्यसैले बहुमतको सरकारले विघटन गरेको संसद व्युतने सम्भावना न्युन छ । संसदमा विश्वास लिन नसकेको सरकार, अल्पमतको सरकारले संसद विघटन गर्न सक्छ भने बहुमतको सरकारले संसद विघटन गर्न नसक्ने भन्ने कुरा हुन सक्दैन । त्यसैले अब संसद विघटनको मुद्दामा अल्झिएर बस्नुको सट्टा बैसाखमा हुने चुनावमा केन्द्रित होऔं ।
हुन त बैशाख महिनामा चुनाव हुने कुरामा पनि शंका नै छ । अहिलेको संविधानले ६ महिना भन्दा बढी देश संसदविहीन हुन सक्दैन भन्ने छ । यदि यस्तो अवस्था आयो भने संविधान स्वतः विपफल भएको मानिनेछ । यस्तो अवस्थामा राष्टपति शासन लगाउने कि , सैनिक शासन लगाउने कि फालिएको राजा ल्याउने हो समयले निर्धारण गर्नेछ । किनकि छरिएर रहेका राजावादीहरु पनि अहिले एकत्रित हुँदैछन् । पछिल्लो समयमा देशैभरी राजा आउ देश बचाउको नारा लाग्नु, अहिले संसद विघटन गरिनु राजा ल्याउनकै लागि त मार्ग खोलिएको हैन ? हिजो गणतन्त्र ल्याउने बेलामा अब हामी सच्चियौं भन्ने नेताहरु सच्चिएको यही हो त ? नेपाली जनताले प्रश्न गर्ने बेला आएको छ । अब पनि केएमडी (केपीको मलद्वार) र पीएमडी (प्रचण्डको मलद्वार) भएर हिड्ने हो भने भावी पुस्ताले धिक्कार्नेछ । अस्तु