बिहानि र बबई जेके कप फुटबलको फाईनलमा भिड्ने

दाङ । बिहानी युवा क्लब तुलसिपुर १५ र आयोजक बबई युथ क्लब तुलसिपुर १२ कचिला जेके कप खुला फुटबलको फाईनलमा भिड्ने भएका छ्न् !
पशुपति माबी तुलसीपुर १२ हरिपौराको खेलमैदानमा संचालित प्रतियोगिता को पहिलो सेमिफाइनलमा सक्सेस फुटबल क्लब तुलसिपुर लाई सर्ट एण्ड डेथमा ५ का विरुद्ध ६ गोल अन्तर ले पाखा लगाउदै बिहानी युवा क्लब तुलसिपुर १५ ले फाईनल यात्रा तय गरेको हो ! कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो !

त्यस्तै बेलुवा युथ क्लब लाई शून्य का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै आयोजक बबई युथ क्लबले बिहानी युवा क्लब संग को फाईनल भिड्न्त पक्का गरेको हो ! उल्लेख दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलको दोस्रो हाफ्को १७ औ मिनेटमा पाएको पेनाल्टी भरपुर सदुपयोग गर्दै गरेको गोल नै बबई युथका लागि निर्णायक गोल बन्यो !
बबई युथ क्लब तुलसिपुर १२ कचिला को आयोजनामा जारी प्रतियोगिता को फाईनल खेल शुक्रबार मध्याह्न १२ बजे हुने प्रतियोगिता का संयोजक ओम प्रकाश चौधरी ले जानकारी दिएका छ्न!

स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक खेल बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ।
त्यस्तै उपविजेता ले मेडल, प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिता मा १३ टिमको सहभागिता रहेको थियो !

प्रतिक्रिया दिनुहोस