काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध रहेका नेताहरु कसैलाई पनि कारबाही नगरी त्यसैमा संख्या थप गर्ने रणनीति बनाएका छन् ।
मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोभधन गर्दै प्रधानमन्त्री ओलीले आफू पार्टी फुटाउन अग्रसर पनि नहुने र कसैमाथि कारवाही पनि नगर्ने बताएका हुन् । उनले महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेसमेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ ।