पौरखी नेपालले गर्यो रोजगारदाता र सेवा प्रदायकहरु संग अन्तर्कृया कार्यक्रम

नेपाली महिला पुरुषहरुलाई बिदेश जान बाट रोक्दै नेपालमै सीप सिकाइ र स्वरोजगार अभियान चलाउदै आएको संस्था पौरखी नेपालले पौरखी नेपाल चितवनकि अध्यक्ष मनिता सापकोटाको सभापतित्वमा विभिन्न संघ संस्थाको प्रतिनिधि र सरोकार वालाहरुसंग बृहत अन्तरकृया  कार्यक्रम सम्पन्न गरेको  छ।  जिल्ला समन्वय समिती चितवन प्रमुख कृष्ण कुमार डल्लाकोटीको प्रमुख आतिथ्य र जिल्ला समन्वय समिती चितवन उपप्रमुख मुना कुमारी श्रेष्ठ बाणिज्य संघ चितवन  भोजराज कौडेल  बिशेश  अथिती रहेर सम्पन्न गरिएको उक्त कार्यक्रममा निर्माण ब्यबसायी संघ चितवनको अध्यक्ष कुल बहादुर राई   अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनको तर्फबाट सावित्री पौडेल डोजर अपरेटर संघ नेपाल बाट केन्द्रीय  अध्यक्ष टिबी विश्वकर्मा ‘हिमाल’ र कोषाध्यक्ष  जित ब प्रजा ‘सानू’ चितवन ब्युटिसियन संघ बाट राधिका गौतम र पृथ्वी गुरुङ लगाएतले परिश्रममा स्वातन्त्रता लगायत विभिन्न बिषयमा मन्तव्य दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस