दाङ । दाङ तुलसीपुरको हरिपौरामा जिल्ला स्तरीय जेके कप खुला फुटबल प्रतियोगिता २०७७ आइतबार देखि सुरु भएको छ । बबई युथ क्लब तुलसिपुर १२ कचिला को आयोजना तथा अन्तरास्ट्रिय खेलाडी जनक कुमार बाठा मगर (जेके )को नाम मा संचालन गरिएको प्रतियोगिता को उद्घाटन जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य सरुण बाठा मगरले गर्नु भएको हो ! उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी बाठा मगर ले रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र ले अपेक्षाकृत रुपमा फड्को मार्न नसकेको बताउनु भएको छ !
राज्यले समय सापेक्ष ढंगले खेलकुद क्षेत्रमा लगानी बढाउन नसक्नु, स्पष्ट खेल निति अभाव र परम्परागत तरिकाले खेलकुद चल्नु ले खेल क्षेत्र पछाडी पर्यो अब स्थानिय स्तर बाटै खेलकुदको बिकास मा जुट्नु पर्छ अनि मात्र सिङ्गो खेल क्षेत्र ले फड्को मार्नेछ उहाले भन्नू भयो ! कार्यक्रम अन्तरास्ट्रिय खेलाडी जनक कुमार बाठा मगर ले ग्रामीण स्तर बाट फुटबल खेल को बिकास गर्ने उदेश्य ले आफ्नो नाममा जेके कप फुटबल को स्थापना गरिएको बताउनु भयो ! जिल्लाको खेलकुदको बिकासमा टेवा पुर्याउन थुप्रै लगानी खर्चंदै आउनु भएका बाठा मगरले आफुले खेल जिवनमा भोगेका पीडा अब आउने पिडिले भोग्न नपर्ने गरि आफू लागि परेको बताउनु भयो !
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्ला का झण्डै १३ टिम को सहभागिता रहको छ ! बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर १२ मा रहेको पशुपति माबी हरिपौरा खेल मैदानमा प्रतियोगिताका खेलहरु खेलाईएको छ !
प्रतियोगिता को बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता टिम ले मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई पुरस्कृत गरिनेछ ! प्रतियोगिताको उद्घाटन समारोह प्रतियोगिता संचालन समितिका संयोजक ओम प्रकाश चौधरिको अध्यक्षता तथा जनता समाजबादी पार्टिका केन्द्रिय सदस्य शरुण बाठा मगरको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न १२ का वडा सदस्य राम शरण चौधरी को बिशिस्ट आतिथ्य मा भएको थियो ! कार्यक्रम को संचालन खेलकुद पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो ! यसैबिच आईतबार सम्पन्न खेलमा टिएफसी टरिगाउ र क्वाङी युथ क्लब बिजयी भएका छन् !
टिएफसी ले आयोजक बबई युथ क्लब कचिला सि लाई उद्घाटन खेलमा सर्ट एण्ड डेथमा १ का बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो भने क्रश फायर लाई सर्ट एण्ड डेथ मा ३ का बिरुद्ध ४ गोल अन्तर ले पाखा लगाउदै क्वाङी युथ क्लब ले बिजयी सुरुवात गरेको हो ! प्रतियोगिताको रेफ्री भुमिका मा एन्फा रेफ्री खुम बहादुर ओलि,सुरेन्द्र चौधरी र बिनोद बिक रहनु भएको छ ! प्रतियोगिता अन्तरगत सोमबार बिहान पहिलो खेलमा प्रदेश न ५ प्रहरी टिम र सक्सेस फुटबल क्लब तुलसिपुर भिड्नेछन् ! खेल बिहान ९ बजे देखि सुरु हुनेछ!