काठमाडौं । जिल्ला क्रीकेट संघ सल्यानको प्रथम अधिबेशन सल्यान सदरमुकाम खलंगामा शनिबार सम्पन्न भएको छ । अधिबेशन जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवबहादुर बिष्टको प्रमुख आतिथियतामा सम्पन्न भएको थियो उद्घाटन कार्यक्रममा बोल्दै बिष्टले भने ” देशको बिकास हुनका निम्ति खेल क्षेत्रको बिकास हुन जरुरि रहेको बताए खेलले नै देशलाई बिश्व सामु चिनाउन सक्ने भएकाले खेल क्षेत्रको बिकाशका निम्ति सबै एक जुटभएर लाग्नु पर्ने बताएका थिए । त्यस्तै क्रीकेट संघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका संयोजक पदम खड्काले क्रीकेटको बिकाशका निम्ति सबै क्षेत्रको सहयोग आब्स्य्क रहेको बताय ।कार्यक्रमममा क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा लगायतले मन्तब्य राखेका थिए । क्रिकेट संघ सल्यान अधिवेशन आयोजक समितिका संयोजक सविन हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य वुद्धि प्रकाश हमालले गरेका थिए ।
यसै विच आजै सम्पन्न जिल्ला क्रिकेट संघ सल्यानको प्रथम जिल्ला अधिवशेन सविन हमालको अध्यक्षता ९ सदस्यीय जिल्ला क्रिकेट संघ गठन गरेको छ । संघका उपाध्यक्ष विकास शर्मा, सचिव असिम साप विष्ट, सह सचिव सन्तोष खत्री र कोषाध्यक्ष विवेक वावु श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा अविषेक हमाल,जीवन भण्डारी ,निराजन श्रेष्ठ र वुलन्द वावु सेजवाल रह्का छन् । अधिवेशनले सचेत शाह र कल्याण श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।