रौतहटका पुजारी मारिएको स्थानमा सांसद साहले बनाउने मन्दिरको डीपीआर तयार

रामसरन यादव/रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहको घोषणाबमोजिम पुजारी श्रीराम साहको हत्या गरिएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार भएको छ ।

रौतहटको माधव नारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको ६६ वर्षीय पुजारी श्रीराम साहको गोली हानी हत्या भएपछि नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले उक्त स्थानमा हनुमान मन्दिर र मठ बनाउने घोषणा गरेका थिए । लगत्तै मौलापुर नगरपालिकाकी नगरप्रमुख रीनाकुमारी साह तथा माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमल कुमारी साहले शिलान्यास गरेकी थिइन । डीपीआर तयार भएसंगै अब मन्दिर र मठको कार्य प्रारम्भ भएको छ।

गत भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारी साहप्रति सांसद साहले सम्मान स्वरुप मठ र मन्दिर निर्माण गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस